कोरोनाको कारण १० प्रतिशत कम्पनीले नफर्किने गरी छाडे हङकङ

कोरोनाको कारण १० प्रतिशत कम्पनीले नफर्किने गरी छाडे हङकङ

नेपालखबर
असोज १७, २०७९ सोमबार १४:२, हङकङ

कोभिड–१९ महामारी नियन्त्रणका लागि हङकङले लगाएको प्रतिबन्धको कारण सहरका करिब १० प्रतिशत कम्पनी पुनः हङकङ नफर्किने गरी अन्यत्र गएका छन्।

हङकङको चेम्बर अफ कमर्सले आइतबार हङकङको सरकारले आगामी दिनमा महामारी नियन्त्रणको लागि लगाइएको प्रतिबन्ध थप खुकुलो बनाउँदै विदेशी कम्पनीलाई मुलुकमा आकर्षित गर्नुपर्ने बताएको हो।

चेम्बर अफ कमर्सले समयमा नै प्रतिबन्ध नहटाउने हो भने अरु कम्पनी पनि हङकङ नफर्किन सक्ने चेतावनी दिएको छ। 

हङकङको चेम्बर अफ कमर्सका प्रमुख जर्ज लेउङ सिउ कायले आगामी दिनमा कम्पनीहरुलाई सिंगापुर जानबाट रोक्न नयाँ प्रतिभाको लागि तोकिएको मापदण्ड खुकुलो पार्न सरकारसँग आग्रह गरेका छन्।

एक रेडियो कार्यक्रममा बोल्दै लेउङले एकपटक कम्पनी अर्को स्थानमा सरिसकेपछि छोटो समयमा पहिलाकै स्थानमा फर्किन सम्भव नहुने बताए। कार्यालय स्थापना त्यहाँको भाडा सम्झौता, कर्मचारी भर्नालगायतका कुराले पनि असर पार्ने भएकाले कनै पनि कम्पनी छोटो समयमा हङकङमा फिर्ता नहुने उनको भनाइ छ। 

लेउङले हङकङ छाडेका कम्पनीलाई आकर्षित गर्ने किसिमको योजना ल्याउनु जरुरी रहेको बताए। त्यसका लागि फर्किन सहज हुने किसिमको शर्त राख्नुपर्ने उनको भनाइ छ। 

सिंगापुरमा सरेका कम्पनी भने पुनः हङकङ फर्किने सम्भावना निकै कम रहेको पनि उनले बताए। सिंगापुरले पनि हङकङले जस्तै धेरै कुरामा सहुलियत दिने भएकाले कम्पनीहरु हङकङमा त्यति धेरै आकर्षित नहुने उनको बुझाइ छ। 

चेम्बरले आफ्ना करिब चार हजार सदस्यमा गरेको सर्वेक्षणमा ३० प्रतिशत ठूला कम्पनीले यस वर्षको सुरुवाती ६ महिनामा हङकङ छाड्नेबारे सोचिरहेका छन् वा छाडिसकेका छन्। उनीहरुमध्ये १० प्रतिशतले नफर्किने गरी हङकङ छाडेका छन्। 

यद्यपि यो सर्वेक्षण गर्दा हङकङ सरकारले अहिलेको जस्तै तीन दिन मेडिकल सर्भिलेन्समा बसे पुग्ने नियम भने ल्याएको थिएन। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .