हङकङका विश्वविद्यालयहरुमा मेनल्याण्ड चीनका विद्यार्थीको संख्या ह्वात्तै बढेको छ। गत शैक्षिक सत्रमा हङकङका विश्वविद्यालयहरुमा मेनल्याण्ड चीनका विद्यार्थीहरुको संख्या अहिलेसम्मकै उच्च देखिएको हो।
पछिल्लो समय चीन र अमेरिकाबीचको भू–राजनीतिक तनाव बढेको पश्चिमा मुलुकमा चिनियाँ विद्यार्थीको आकर्षण घटेको हो। त्यसैले मेनल्याण्डका विद्यार्थीहरुले उपयुक्त विकल्पमा हङकङका विश्वविद्यालय छानेका हुन्।
गत शैक्षिक सत्रमा हङकङका विभिन्न आठ सरकारी कोषबाट सञ्चालित विश्वविद्यालयमा ८ हजार ६२२ मेनल्याण्ड चीनका विद्यार्थी भर्ना भएका थिए। यो संख्या सन् १९९६–९७ यताकै सबैभन्दा उच्च हो। उक्त शैक्षिक सत्रमा केवल पाँचजना मेनल्याण्ड चीनका विद्यार्थी थिए।
गत वर्षमा वार्षिक हिसाबमा १३ प्रतिशत मेनल्याण्ड चीनका विद्यार्थीको संख्या बढेको हो। हङकङका युनिभर्सिटीका जानकारहरुका अनुसार विशेषगरी कोरोना महामारी तथा भू–राजनीतिक तनावको कारण पनि हङकङका मेनल्याण्ड चीनका विद्यार्थीको संख्या बढेको हो।
पछिल्लो समय चीनका नागरिकलाई अमेरिका बेलायतजस्ता मुलुकमा अध्ययन गर्नु झनै कठिन बन्दै गएको छ। त्यसको एउटा उदाहरण हङकङका विश्वविद्यालयहरुमा मेनल्याण्ड चीनका विद्यार्थीहरु बढ्नु पनि हो।
अमेरिकी विदेश मन्त्रालयको तथ्यांले पनि अमेरिकामा पढ्न आउने चिनियाँ नागरिकको संख्या पनि घटिरहेको देखाएको छ।
प्रतिक्रिया