खाता रोक्का गरेको विरोधमा हङकङ बैंकको प्रधान कार्यालय अगाडि प्रदर्शन

खाता रोक्का गरेको विरोधमा हङकङ बैंकको प्रधान कार्यालय अगाडि प्रदर्शन

मगेन्द्र राई
पुस ४, २०७६ शुक्रबार १२:३५,

गत बिहीबार हङकङ प्रहरीले ७ करोड हङकङ डलर चन्दा संकलन गर्ने स्पार्क एलायन्स हङकङका चार व्यक्तिलाई मुद्रा अपचलन गरेको आशंकामा पक्राउ गरेको गरे पछि त्यसको बिरोधमा सरकार बिरोधी आन्दोलन समर्थकहरुले प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरुले शुक्रबार अपरान्ह सेन्ट्रलस्थित हङकङ बैंकको प्रधान कार्यालय अगाडि प्रदर्शन गरेका हुन।

सो चन्दा रकम सरकार विरोधीमा प्रदर्शनमा उत्रिएकाहरुलाई सहयोग गर्न जनताले दान गरिएको अनुमान गरिएको आरटीएचले बताएको छ। उक्त खाता बैंकले फ्रिज गरिदिएको छ।

गत महिना पनि हङकङ बैंकले चन्दा संकलन गर्न प्रयोग गरिएको आशंकामा कर्पोरेट खाता रोक्कागरेको थियो। उक्त समूहले चन्दा संकलन गर्न बैंक खाता प्रयोग गरिरहेको थियो।

ग्राहकले उल्लेख गरेको व्यवसायिक उद्देश्यसँग मेल नखाएकोले उक्त खाता रोक्का गर्नु परेको बैंकले बताएको छ।

प्रदर्शनकारीहरूले बैंक भवनको अगाडि स्ट्याच्यू स्क्वायरमा ब्यानरसहित भेला भै उक्त रकम अबैध हो भन्ने प्रमाण देखाउन माग समेत गरेका छन्।

सो अवसरमा आन्दोलनकारीहरुले यस अघिका प्रदर्शनमा गाउदै आएका ‘ग्लोरी हङकङ’ गीत समेत गाएका थिए। साथै भिडले सरकारलाई आन्दोलनको ५ वटै मागहरू पूरा गर्न नाराबाजी गर्दै प्रहरी दमनको छानबिन गर्न स्वतन्त्र अनुसन्धान आयोग गठनको माग समेत गरे।

प्रदर्शनकारीहरू भेला भएको बैंकको बाहिरको विपरित भागमा दंगा प्रहरीहरूको समेत उपस्थिति रहेको थियो।

खाता निलम्बित गरिएको सम्बन्धमा बैंकले भनेको छ, ‘खोलिएको खाताको गतिविधि उल्लेखित उद्देश्य भन्दा फरक हुन गए हामी असामान्य लेनदेन को पहिचान गर्छौं, हामी आफ्ना ग्राहकसंँ सही जानकारी लिनका निमित्त काम गर्नेछौं। यस्ता किसिमका ग्राहकसँग काम गर्ने सिलसिलामा बितेका केही महिनाहरुमा तोकिएभन्दा अन्य गतिविधि भएकाले तिनीहरूको खाता बन्द गर्‍यौं।’ बैकका अनुसार प्रदर्शनकारीहरूका लागि चन्दा संकलन गर्न प्रयोग गरिएको खाता बन्द गर्ने निर्णय हाल हङकङको स्थितिसँग सम्बन्धित नभएको बताएको छ।

बैंकले आफ्नो सोसल मिडिया फेसबुक मार्फत भनेको छ, ‘जहाँसम्म खाता बन्द गर्नेसँग सम्बन्धित प्रश्नहरू छन्। हामी कहिले पनि कुनै पनि खातालाई हल्का रूपमा बन्द गर्ने निर्णय लिदैँनौ। हामी यो कुरा पुनः दोहोर्याउन चाहन्छौं कि गत नोभेम्बरमा खाता बन्द गर्ने हाम्रो निर्णय हालको हङकङको अवस्थासँग सम्बन्धित छैन।’

बैंकको उक्त स्पष्टिकरण पश्चात फेसबुकमा धेरै नकारात्मक प्रतिक्रियाहरु आएका छन्। केहीले त बैंकलाई हङकङका जनतालाई धोका दिएको भनी आरोप समेत लगाएका छन्।

एकले प्रतिक्रियामा भनेका छन्, ‘हङकङका नागरिकहरूलाई स्पस्टिकरण दिईरहन आवश्यक छैन। उनीहरूले खाता आफै बन्द गर्नेछन् र उनीहरूको वित्तीय सेवाहरूको लागि अर्को बैंक छनौट गर्नेछन्। कृपया अन्तर्राष्ट्रिय मिडिया र अमेरिकी कांग्रेसलाई बुझाउन थप समय दिनुहोला।’

अर्कोले प्रतिक्रियामार्फत बैंकको नाम हङकङ एन्ड सांघाइ बेङ्गिङ कर्पोरेसनबाट हङकङ शब्द हटाएर साङ्घाई बेङ्गिङ कर्पोरेसन भन्ने नामाकरण गर्न सुझाब दिएका छन्। उनीहरुको आशय तोडफोड हुनेतर्फ इंगित थियो।

आन्दोलनकारीहरुले दर्जनौ बैंक अफ चाइनाको शाखाहरु, रेल स्टेसनहरु, अदालतहरु तथा पसलहरु तोडफोड र आगजनी गरिसकेका छन्। हङकङ बैंकसमेत निशानामा पर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .