‘सन् २०२४ सम्म हङकङमा हवाइ यात्रु संख्या सामान्य अवस्थामा फर्किँदैन’

‘सन् २०२४ सम्म हङकङमा हवाइ यात्रु संख्या सामान्य अवस्थामा फर्किँदैन’

नेपालखबर
मंसिर १०, २०७९ शनिबार १३:३७, हङकङ

हङकङको हवाइ यात्रुको संख्या सन् २०२४ सम्म महामारीभन्दा पहिलाको अवस्थामा नफर्किने हङकङको एयरपोर्ट प्रशासनले बताएको छ।

शुक्रबार प्रशासनले दिएको जानकारीअनुसार एयरपोर्टको तेस्रो रनवे खुलेसँगै हङकङमा हवाइ यात्रुको संख्या सामान्य अवस्थामा फर्किन सक्ने अनुमान गरिएको हो।  

प्रशासनले शुक्रबार दिएको जानकारीअनुसार आगामी वर्षको अन्तिमसम्ममा हङकङको हवाइ यात्रुको संख्या महामारीपूर्वको तुलनामा ६० देखि ७० प्रतिशतसम्म पुग्न सक्ने अनुमान छ।

महामारीको कारण समस्यामा रहेको क्याथे प्यासिफिकले गत जुलाईयता १८ सय नयाँ कर्मचारी काममा राखिएको बताएको छ।  हङकङमा पर्यटन उद्योगको सुधार तथा क्षमता अभिवृद्धिको योजनाअन्तर्गत उक्त संख्यामा कर्मचारीहरु राखिएको कम्पनीले बताएको छ। 

हङकङको एयरपोर्टको तेस्रो रनवे आगामी जुलाईदेखि व्यावसायिकरुपमा सञ्चालनमा आउने अनुमान छ। यद्यपि शुक्रबार यसको सफल परीक्षण गरिएको छ। अष्ट्रेलियाको पर्थबाट आएको विमान उक्त रनवेमा ल्याण्ड भएको थियो। यो रनवे निर्माण योजनाको बाँकी काम भने सन् २०२४ भित्रै पूरा हुन सक्ने अपेक्षा छ। 

कोभिड–१९ को महामारीको कारण पनि निर्माणमा केही ढिलाइ भएको थियो। त्यसैले रनवे परियोजना केही पछि धकेलिएको प्रशासनले बताएको छ। तेस्रो रनवे निर्माण भएसँगै वार्षिक ३ करोड यात्रु क्षमता बढाउन सकिने बताइएको छ।

हङकङले सन् २०१६ बाट विमानस्थलको विस्तारको लागि १८ अर्ब २० करोड अमेरिकी डलरबराबरको परियोजना अघि सारेको थियो। सोहीअन्तर्गत अहिले विमानस्थलमा रनवे निर्माणको काम भइरहेको हो। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .