हङकङमा घरजग्गाको भाउ पाँच वर्षकै कम, अझै घट्ने अनुमान

हङकङमा घरजग्गाको भाउ पाँच वर्षकै कम, अझै घट्ने अनुमान

नेपालखबर
मंसिर १२, २०७९ सोमबार १४:५, हङकङ

हङकङका आवासीय भवनको भा गत अक्टोबर महिनामा उल्लेख्यरुपमा घट्दै पाँच वर्षयताकै कम विन्दुमा आइपुगेको छ।

पछिल्लो समय विश्वव्यापी र स्थानीय वित्तीय अवस्था कमजोर बनेसँगै हङकङमा आवासीय भवनको भाउ पनि कमजोर बनेको हो। 

सोमबार सार्वजनिक गरिएको घरजग्गाको भाउको सूचकअनुसार उक्त सूचक मासिक २.४ प्रतिशतले घटेको छ।

यससँगै यो सूचक ३५२.४ अंकमा आइपुगेको छ। यो अंक सन् २०१७ को नोभेम्बरयताकै कम हो।

यस वर्षको सुरुयता हङकङको घरजग्गाको भाउको सूचक १०.५ प्रतिशतले घटिसकेको छ। 

मासिक हिसाबमा हेर्ने हो भने हङकङको घरजग्गाको भाउमा अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट देखिएको हो।

अबको दुईदेखि तीन महिनासम्म हङकङमा घरजग्गाको भाउ अझै घट्न सक्ने जानकारहरुको भनाइ छ। 

कोभिड–१९ को महामारीपछि कमजोर बनेको हङकङको अर्थतन्त्र यस वर्ष ३.२ प्रतिशतले खुम्चिने अपेक्षा छ।

साथै सन् २०२२ को समग्र वर्षमा हङकङमा घरजग्गाको भाउ १५ प्रतिशतसम्म घट्न सक्ने जानकारहरुले बताएका छन्। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .