जापान र रुसबाट युवती ल्याएर हङकङमा यौनधन्दा, १७ जना पक्राउ

जापान र रुसबाट युवती ल्याएर हङकङमा यौनधन्दा, १७ जना पक्राउ

नेपालखबर
मंसिर १४, २०७९ बुधबार ४:१६, हङकङ

हङकङ प्रहरीले अवैधरुपमा सहरमा यौनधन्दामा संलग्न रहेको आरोपमा १७ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चार रुसी यौनकर्मी पनि रहेको प्रहरीले बताएको छ। चिमसाचोइ इन्टरटेन्मेन्ट क्षेत्रमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। 

यौनधन्दा सञ्चालनमा संलग्न रहेको आशंकामा पक्राउ परेकी एक आरोपी भने कोरोना संक्रमित पाइएकी छन्। उनलाई उपचारको लागि अस्पताल पठाइएको छ।

प्रहरीका अनुसार विभिन्न पाँच होटलको प्रयोग गरी उनीहरूले हङकङमा यौनधन्दा सञ्चालन गर्दै आएका थिए। 

प्रहरीले पछिल्लो समय हङकङमा यौनधन्दा मौलाउँदै गएको गुनासो आएपछि अपरेसन नै सञ्चालन गरी नियन्त्रणको प्रयास गरिरहेको छ।

गत महिना हङकङमा आएर वेश्यावृत्तिमा संलग्न रहेको आरोपमा एक जापानी नायिकालाई पनि प्रहरीले पक्राउ गरेको थियो। 

प्रहरीका अनुसार एजेन्टहरुले युरोप र जापानबाटसमेत यौनकर्मी ल्याएर सहरमा उक्त धन्दा सञ्चालन गर्दै आएका छन्।

यौन सेवाबापत जापान र रुसबाट आएका युवतीले भने ५ हजारदेखि ६ हजार हङकङ डलर पैसा असुल्दै आएका थिए। जसमध्ये यौनकर्मीले ४० प्रतिशत पैसा पाउँथे। 

प्रहरीले उनीहरुको यो धन्दाको पर्दाफासको लागि सिभिल ड्रेसमा अपरेसन सञ्चालन गरेको थियो। उक्त अपरेसनको क्रममा प्राप्त प्रमाणको आधारमा प्रहरीले यसमा संलग्न मानिसहरुलाई समातेको हो। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .