२२ लाख डलरको मासु तस्करी गर्दैगर्दा हङकङमा ६ जना पक्राउ

२२ लाख डलरको मासु तस्करी गर्दैगर्दा हङकङमा ६ जना पक्राउ

नेपालखबर
मंसिर २०, २०७९ मंगलबार १६:४, काठमाडौँ

हङकङका भन्सार अधिकारीहरुले तस्करी गरिएको २५ टन मासुसहित ६ जनालाई पक्राउ गरेको छन्। कार्गो जहाजमा २२ लाख हङकङ डलर मूल्यको मासु तस्करी गर्दागर्दै उनीहरु पक्राउ परेका हुन्।

तर, लम्मा आइल्यान्डसम्म कार्गो लिन आएको एउटा स्पिड बोट भने भाग्न सफल भएको अधिकारीहरुले बताएका छन्।

आइल्यान्डको दक्षिणपट्टि भन्सार अधिकारीहरुले जहाजबाट स्पिडबोटमा सामान सार्दै गरेको देखेपछि उनीहरु पक्राउ परेका थिए। यो स्थान सीमबाट ३.६ किलोमिटर हङकङको जलक्षेत्रभित्र पर्छ।

भन्सार अधिकारीहरुले दुई वटा हाइस्पिड बोट खटाए पनि सानो डुंगा भाग्न सफल भएको थियो। तर, उनीहरु जहाजलाई भने रोक्न सफल भएका थिए।

पक्राउ परेका सबै हङकङबासी हुन्। उनीहरु ३७ देखि ६१ वर्षबीचका छन्।

हङकङमा तस्करी गरेर सामान निर्यात गर्नेलाई ७ वर्षसम्मको जेल र २० लाख डलरसम्मको जरिवाना हुनसक्छ।

पक्राउ परेकाहरुलाई धरौटीमा रिहा गरिए पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

मासुको स्रोतको खोजी भइरहेको उनीहरुको भनाइ छ। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .