हङकङका बार र पार्टीमा हट्यो र्‍याट परीक्षण, सिनेमा हल पूर्ण क्षमतामा चल्ने

हङकङका बार र पार्टीमा हट्यो र्‍याट परीक्षण, सिनेमा हल पूर्ण क्षमतामा चल्ने

नेपालखबर
पुस ५, २०७९ मंगलबार १३:१२, हङकङ

बिहीबारदेखि हङकङका बार र पार्टीहरुमा अब कोभिड–१९ को लागि र्‍यापिड एन्टिजिन परीक्षण गर्न नपर्ने भएको छ।

मंगलबार हङकङको सरकारले सार्वजनिक गरेको कोभिड–१९ नियन्त्रणसम्बन्धी नियमअनुसार अब सिनेमा हल तथा प्रदर्शनीस्थलहरु पनि पूर्णक्षमतामा सञ्चालन गर्न पाइने भएको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार सभा हलहरुमा अहिले जारी राखिएको २४० जनाको नियम पनि हटेको छ। यद्यपि रेष्टुरेन्टहरुमा प्रतिटेबल १२ जनाभन्दा धेरै मानिस राख्न नपाइने नियम भने कायम रहनेछ। 

नयाँ नियमअनुसार बिहीबारदेखि बार, पार्टी प्यालेसका साथै आन्तरिक पर्यटकहरुले पनि र्‍याट परीक्षण गर्नुपर्दैन।

अहिले सिनेमा हल, संग्रहालय, थिम पार्क र प्रदर्शनीस्थलहरुमा लगाइएको लगाइएको ८५ प्रतिशत क्षमताको अंकुश पनि हटाइएको छ। 

यस विषयमा हङकङको स्वास्थ्य ब्यूरोले आधिकारिकरुपमा घोषणा गर्न भने बाँकी छ।

यसअघि बिहान हङकङका कार्यकारी प्रमुख जोन ली का चिउले मेनल्याण्ड चीनसँगको सीमा पुनः खोल्नुपर्नेमा जोड दिएका थिए। उनी यसै साता चारदिने बेइजिङ भ्रमणमा जाँदै छन्। 

जोन लीले हङकङमा यसअघि लगाइएको करिब ९० प्रतिशतको कोभिड–१९ सम्बन्धी प्रतिबन्ध हटाइसकिएको बताएका छन्।

यद्यपि उनले निकै छिटो सबै प्रतिबन्ध हटाउँदा भने समस्या आउन सक्ने उनले बताएका थिए। अझै पनि हङकङमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या चार हजारभन्दा धेरै छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .