हङकङद्वारा पहिलो विस्तृत युवा विकास कार्यक्रम सार्वजनिक

हङकङद्वारा पहिलो विस्तृत युवा विकास कार्यक्रम सार्वजनिक

नेपालखबर
पुस ५, २०७९ मंगलबार २२:३९, हङकङ

हङकङले पहिलो पटक युवा विकासको विस्तृत कार्यक्रम सार्वजनिक गरेको छ। देशप्रतिको सम्बद्धता र प्रेम जगाउने उदेश्यलाई केन्द्रमा राखी सो कार्यक्रमअन्तर्गत १ सय ६० वटा पहलहरु अघि सारिएका छन्।

तीमध्ये थुप्रै कार्यक्रम अक्टोबरमा प्रमुख कार्यकारीले गरेको नीति सम्बोधनमा समेटिएका छन्। गृह तथा युवा मामिला सचवि एलिस माकले मंगलबार कार्यक्रम सार्वजनिक गर्दै हङकङका युवाहरुको सुन्तर भविष्य सिर्जना गर्न सरकारले केन्द्रीकृत कार्यक्रम ल्याएको बताइन्।

उनले हङकङलाई माया गर्ने युवा पुस्ता तयार हुने आशा व्यक्त गरिन्। 

‘हामी युवाहरुमा आफ्नो देश र हङकङप्रतिको सम्बद्धताको भावना बढाउनेछौँ। त्यस्तै, चिनियाँ संविधान र हङकङको आधारभूत कानुन उनीहरुलाई विस्तारमा बुझाउनेछौँ,’ उनले भनिन्।

कार्यक्रमको ब्लुप्रिन्ट तयार गर्दा आफूहरुले १७० परामर्श र २ सय पेपर हेरेको उनको भनाइ थियो।

कार्यक्रममा मुख्यभूमिसँगको आदानप्रदान बढाइने उल्लेख छ। त्यस्तै, पहिलो पटक घर किन्न लागेका मध्यमवर्गीहरुलाई सस्तो फ्ल्याट उपलब्ध गराउने, युवाहरुलाई होस्टेल कार्यक्रमलाई निरन्तरता दिइनेलगायतका पहल समावेश छन्।

त्यस्तै, सीपमूलक तथा व्यावासायिक शिक्षामा जोड दिइने, विद्यार्थीहरुको सिकाइको वातावरण सुधार्ने लगायतका कार्यक्रम पनि यसमा छन्।

युवाहरुलाई अवसरको जानकारी दिन एक एप सार्वजनिक गरिने, युवा सञ्जाल गठन गरिनेलगायतका कार्यक्रम पनि अघि सारिएका छन्। एससीएमपी

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .