हङकङमा लुट्न पसेका एक व्यक्ति भाग्दै गर्दा ड्रेन पाइपबाट चार तला खसेपछि पक्राउ परेका छन्।
थाइल्यान्डको पासपोर्ट भएका ती व्यक्ति न्यु टेरिटोरिजमा पक्राउ परेका हुन्।
उनी गत साता सोमबार मात्र हङकङ आइपुगेका थिए।
मंगलबार राति साढे १ बजे ६ तले फुक सुन भवनको छानाबाट ड्रेन पाइप हुँदै ओर्लेर भागेका थिए। तर, पाँचौँ तलाबाहिर उनी चिप्लिएका थिए।
त्यसपछि भएको हल्लाखल्लाले पाँचौँ तलामा बस्ने मानिसहरु ब्युँझिएका थिए। उनीहरु झ्याल खोलेर हेरेपछि ती व्यक्ति त्यहाँबाट खसेर पहिलो तलाको भर्याङमा पछारिएका थिए।
घाइते अवस्थामा फेला परेका उनलाई त्युन मुन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।
‘प्रारम्भिक अनुसन्धानमा ऊ लुट्न आएको देखिन्छ। त्यही आरोपमा अनुसन्धान हुँदैछ,’ प्रहरी प्रवक्ताले भनेका छन्।
105
Shares
प्रतिक्रिया