हङकङको अर्थतन्त्र सोचिएभन्दा ज्यादा खुम्चिएको छ। बाह्य माग कमजोर रहँदा चौथो त्रैमासमा पनि अर्थतन्त्र खुम्चिने प्रक्षेपण सरकारले गरेको छ।
बुधबार सरकारले सार्वजनिक गरेको प्रक्षेपणअनुसार यो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.२ प्रतिशतले अर्थतन्त्र खुम्चिएको देखिन्छ।
गत त्रैमासमा अनपेक्षित रुपमा ४.६ ले जीडीपी खुम्चेको थियो।
सरकारका अनुसार यो मन्दीको प्रमुख कारण कमजोर बाह्य व्यापार हो।
समग्र २०२२ मा जीडीपी ३.५ प्रतिशतले खुम्चेको छ।
तर, २०२३ मा भने अर्थतन्त्रमा सुधार आउने सरकारको भनाइ छ।
‘२०२३ मा हङकङको अर्थतन्त्र सुधार हुने अपेक्षा छ,’ सरकारी प्रवक्ताले भनेका छन्, ‘पर्यटकहरुको आगमनमा वृद्धि र मुख्यभूमि चीनसँगको आवतजावतमा सबै बन्देज हटेपछि सेवाको निर्यात पनि बढ्नेछ।’
माघ १८, २०७९, बुधबार
प्रतिक्रिया