पर्यटक बढाउन हङकङले सात लाख निशुल्क हवाई टिकट वितरण गर्ने

पर्यटक बढाउन हङकङले सात लाख निशुल्क हवाई टिकट वितरण गर्ने

नेपालखबर
माघ १९, २०७९ बिहिबार १६:०, हङकङ

हङकङमा पर्यटन व्यवसाय उकास्न सरकारले विश्वभरका यात्रुलाई करिब ७ लाख हवाई टिकट निशुल्क वितरण गर्ने भएको छ।

बिहीबार सुरु भएको विश्वव्यापी पर्यटन प्रबद्र्धन अभियानमा यस्तो घोषणा गरिएको हो। यसले हङकङको पर्यटनलाई कोभिडअगाडिकै अवस्थामा फर्काउने अपेक्षा गरिएको छ।

हेलो हङकङ नामक सो अभियान कार्यकारी प्रमुख जोन लीले वान चाइस्थित कन्भेन्सन एन्ड एक्जिबिसन सेन्टरमा उद्घाटन गरे। यो अभियानमा २ अर्ब हङकङ डलर खर्च गरिनेछ।

मार्च १ देखि ६ महिनासम्म निशुल्क दिइने ७ लाख टिकटमध्ये ८० हजार टिकट हङकङका बासिन्दालाई छुट्याइएको छ। त्यस्तै, ८० हजार टिकट ग्रेटर बे एरियाबाट आउनेलाई दिइनेछ। 

करिब तीन चौथाइ टिकट भने एसियाली आगन्तुकहरुका लागि वितरण गरिनेछ। जसमध्ये पनि दक्षिणपूर्वी एसियाका मुलुकहरुलाई लक्षित गरिनेछ। 

त्यसका अलावा सो अभियानअन्तर्गत प्रमुख व्यापारिक प्रदर्शनी र सम्मेलन आयोजना गरिने छ। त्यस्तै, खेलकुद र कलासम्बन्धी कार्यक्रम पनि सञ्चालन गरिनेछ। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .