वर्षदिनमा हङकङका ३५ सय शिक्षकले छाडे जागिर, सञ्चय कोषबाट निकालियो १० अर्ब डलर

वर्षदिनमा हङकङका ३५ सय शिक्षकले छाडे जागिर, सञ्चय कोषबाट निकालियो १० अर्ब डलर

नेपालखबर
माघ २२, २०७९ आइतबार १५:५७, हङकङ

हङकङका करिब ३५ सय शिक्षकले गत वर्ष काम छाडेका छन्। उनीहरुले सञ्चय कोषमार्फत १० अर्ब हङकङ डलर रकम पनि निकालेका छन्।

सो रकम हरेक वर्ष जागिर छाड्नेहरुले लिनेभन्दा झण्डै दोब्बर बढी हो। 

सञ्चय कोषको तथ्यांकअनुसार ३ हजार ४९३ शिक्षकले गत वर्ष सञ्चित रकम निकालेका छन्। अघिल्लो वर्ष सो संख्या २ हजार १२५ मात्र थियो।

पछिल्लो दुई वर्षमा हङकङ शिक्षक अभावसँग जुधिरहेको छ। नयाँ शिक्षक भर्तीमा पनि समस्या छ।

पश्चिमा मुलुकहरुले हङकङवासीका लागि आप्रवासन सुविधा घोषणा गरेपछि राजीनामा दिने शिक्षकहरुको संख्या बढेको छ।

बेलायत, क्यानडा र अस्ट्रेलियाले जुन २०२० मा आप्रवासनको नयाँ बाटो खोलेका थिए। त्यसअघि वार्षिक करिब १७ शिक्षकले मात्रै आफ्नो सञ्चय कोष निकाल्ने गरेका थिए।

जागिर छाड्ने हरेक शिक्षकले औसतमा ३० लाख डलर निकालेको देखिन्छ। 

२०२१ अघि धेरैजसो शिक्षकहरु अवकाशका कारण सञ्चय कोष निकाल्न पुग्थे। तर, अहिले राजीनामा दिनेहरुको संख्या बढेको छ।

गत वर्ष सञ्चय कोष निकाल्नेमध्ये दुई तिहाइले राजीनामा दिएका हुन्। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .