चीनले बनाएको सी-९१९ जहाजको व्यावसायिक उडान सुरु

चीनले बनाएको सी-९१९ जहाजको व्यावसायिक उडान सुरु

नेपालखबर
जेठ १४, २०८० आइतबार १२:३५, हङकङ

लामो अनुसन्धान, विकास र परीक्षणपछि चीनको पहिलो स्वदेशी यात्रुवाहक जेट सी-९१९ जहाजले व्यावसायिक उडान सुरु गरेको छ। 

आइतबार 'चीन इस्टर्न एयरलाइन्स'को उक्त विमान १२० यात्रु बोकेर उक्त न्यारोबडी बिमान सांघाईबाट राजधानी बेइजिङ उडेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय समयअनुसार आइतबार बिहान १०:४५ बजे सांघाई होङकियाओ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज दिउँसो १:१० बजे बेइजिङको क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने बताइएको छ।

विमानले उद्घाटन उडानका लागि आवेदन दिएकामध्येबाट १२० यात्रु छनोट गरेको थियो।

एकल आइसल, ट्विन इन्जिन एयरक्राफ्ट रहेको ३८.९ मिटर लामो र ११.९५ मिटर अग्लो यस जहाजको १६४ सिट क्षमता रहेका छन्।

चीनले यस जहाजको परीक्षण उडान सन् २०१७ मा गरेको थियो। चीन इस्टर्न एयरलाइन्सले व्यावसायिक उडानका लागि उक्त जहाज खरिद गरेको थियो। चीनको व्यावसायिक विमान निगम (कोम्याक)ले बनाएको उक्त जहाज २०२२ डिसेम्बरमा कम्पनीलाई हस्तान्तरण गरिएको थियो।

यसले विश्वका प्रमुख दुई विमान निर्माता एयरबस र बोइङसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .