हङकङमा बस र क्रेन एकआपसमा ठोक्किँदा दर्जन यात्रु सुरुङमा फसे

हङकङमा बस र क्रेन एकआपसमा ठोक्किँदा दर्जन यात्रु सुरुङमा फसे

नेपालखबर
जेठ २३, २०८० मंगलबार ११:५५, हङकङ

हङकङमा मंगलबार बिहान डबल डेकर बस र मोबाइल क्रेन एकआपसमा ठोक्किएका छन्। 

बस क्रेनसँग ठोक्किएपछि चालक 'ट्र्याप'मा परेका थिए भने दर्जन बढी यात्रु सुरुङमा फसेका थिए। मंगलबार बिहान काउलुनदेखि सुएन वान जोड्ने प्रमुख सडक ताई लाम सुरुङमा रहेका तीनवटा लेनहरूमध्ये दुईवटा लेन भारी ट्राफिकले गर्दा बन्द गरिएको छ।

प्रहरीका अनुसार मंगलबार बिहान उक्त दुर्घटना हुँदा बसभित्रै चालक 'ट्र्याप'मा परेका थिए, तर उनी सचेत अवस्थामै रहेको प्रहरी प्रवक्ताले बताएका छन्।

सुरुङनजिकको सडकमा दर्जनौँ यात्रु अलपत्र परेपछि उद्धार टोली खटाइएको छ।

यातायात विभागले काउलुन जाने सुरुङमार्ग भएर चल्ने सबै यातायात बन्द गरेको जनाएको छ।
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .