हङकङ : नक्कली नम्बरप्लेटको कारमा प्रहरीले गोली चलायो

हङकङ : नक्कली नम्बरप्लेटको कारमा प्रहरीले गोली चलायो

कार चालकलाई घेरामा पार्दै प्रहरी। तस्बिर : बोस्को चु/फेसबुक


नेपालखबर
जेठ २७, २०८० शनिबार ११:६, हङकङ

हङकङमा नक्कली नम्बरप्लेटको एक कारमाथि प्रहरीले गोली चलाएको छ।

हो म्यान टिन सहरमा उक्त नक्कली नम्बरप्लेटको कार शनिबार प्रहरीको गाडीमा ठोक्किएको थियो। त्यसपछि दुई प्रहरी अधिकारीले नक्कली उक्त कारमा गोली हानेका छन्। 

घटनासँग परिचित एक स्रोतका अनुसार सक्कली कार धनीले प्रहरीलाई फोन गरेर उक्त कारबारे जानकारी गराएका थिए। आफ्नो नम्बरप्लेट प्रयोग गरिएको बारेमा सम्बन्धित धनीले जानकारी गराएपछि प्रहरीले उक्त कारको पिछा गरेको थियो।

त्यसै क्रममा कार प्रिन्सेस मार्गरेट रोडमा देखियो, जब प्रहरीले त्यसलाई रोक्न खोजे, कार प्रहरीको गाडीलाई ठक्कर दिएर भाग्न खोज्यो। त्यस क्रममा दुई प्रहरीले कारमा गोली चलाएको बताइएको छ।

उक्त घटनापछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएका छन्। घटनामा कसैलाई हानी नभएको हङकङ प्रहरीले बताएको छ।

ती चालकका बारेमा अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .