चोरीका क्रेडिट कार्डबाट सामान किनी हङकङमा व्यापार गर्ने तीन चिनियाँ पक्राउ

चोरीका क्रेडिट कार्डबाट सामान किनी हङकङमा व्यापार गर्ने तीन चिनियाँ पक्राउ

बरामद सामान प्रस्तुत गर्दै प्रमुख निरीक्षक विंग यान (बायाँ), सुपरिटेन्डेन्ट रिक चान (बीच) र वरिष्ठ निरीक्षक माक वाइ क्वाङ (दायाँ)


नेपालखबर
जेठ २८, २०८० आइतबार १३:४१, हङकङ

हङकङमा चोरी गरिएका क्रेडिट कार्ड प्रयोग गरी दैनिक आवश्यक सामान किन्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने अभियुक्त २० देखि २९ वर्ष उमेरका छन्। उनीहरूको परिचय खुलिसकेको छैन।

चोरीका क्रेडिट कार्ड

उनीहरूले ४ हजार ४ सयपटक ट्रान्जेक्सन गरी त्यस्ता कार्डबाट २७ लाख हङकङ डलर (३ लाख ४४ हजार ५०० अमेरिकी डलर) बराबरको सामान किनेका थिए। उनीहरूले यस्तो कारोवार अनलाइन डेलिभरी कम्पनीहरूसँग गर्ने गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार संदीग्धहरूले फ्रान्स, संयुक्त राज्य अमेरिका, साउदी अरेबियालगायतका प्रयोगकर्ताको क्रेडिट कार्ड चोरेका थिए। ती कार्डबाट उनीहरूले हङकङका खुद्रा विक्रेताहरूबाट अनलाइनमार्फत सामान किन्थे। र, ती सामान पुन: बिक्री गर्ने कारोवार उनीहरूले चलाएको वरिष्ठ निरीक्षक माक वाइ क्वाङले बताए।

स्थानीय खुद्रा बिक्रेताबाट अनधिकृत कारोबारको सूचना पाएपछि करिब एक महिनादेखि प्रहरीले उनीहरूको खोजी गरेको थियो। शुक्रबार शिउङ गोदाममा उनीहरूले बालबालिकाका लागि आवश्यक सामान र डिटर्जेन्ट ह्यान्डल मगाएका थिए। कुरियरको भेषमा त्यहाँ पुगेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट पुन: बिक्रीका लागि तयार सामान पनि प्रहरीले बरामद गरेको छ।

शनिबार पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी गराउँदै प्रहरीले सर्वसाधारणलाई इन्टरनेट कारोवारमा सतर्कता अपनाउन सूचित गरेको छ।

पक्राउ परेका तीनै जना चिनियाँ नागरिक भएको प्रहरीले बताएको छ। उनीहरू हङकङमा यात्रा अनुमति लिएर बसेको र त्यहीँ ठगी धन्दा चलाएको जानकारी को वरिष्ठ निरीक्षक माक वाइ क्वाङले दिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .