‘हिमालमा दौडन’ चार नेपाली लागे फ्रान्सतर्फ

हङकङ निवासी दिवा बगाले पनि खेलमा सहभागी हुँदै
‘हिमालमा दौडन’ चार नेपाली लागे फ्रान्सतर्फ

फ्रान्स प्रस्थान गर्ने क्रममा खेलाडीको टोलीलगायत।


मगेन्द्र राई
भदौ ९, २०८० शनिबार १६:४२, हङकङ

विश्व प्रसिद्ध अल्ट्रा ट्रैल डु मोन्ट ब्लन्क (यूटीएमबी) वर्ल्ड सिरिज फाइनल प्रतियोगितामा भाग लिन १ पुरुष र ३ महिला गरी चार नेपाली  फ्रान्स प्रस्थान गरेका छन्।

फ्रान्सको दक्षिणपूर्वी पर्यटकीय क्षेत्र सामोनीमा २८ अगस्टदेखि ३ सेप्टेम्बरसम्म सञ्चालन हुने विश्व प्रसिद्ध यूटीएमबी वर्ल्ड सिरिज फाइनल्समा भाग लिन उनीहरू त्यसतर्फ उडेका हुन्।

चार खेलाडीमध्ये १४५ किलोमिटर लामो  दौड ‘सुर लेस ट्रेसेस डेस डुक्स डे सवोइए’ (टीडीएस)तर्फ जीवन लामा, १०० किलोमिटर कोउर्मयेउर च्याम्पेक्स  सामोनी (सीसीसी) का लागि रशिला तामाङ र अनिता राई तथा ५० किलोमिटरको ओर्सिएरेस च्याम्पेक्स सामोनी (ओसीसी) मा प्रिया राईले प्रतिस्पर्धा गर्नेछन्। टीडीएसतर्फ हङकङ निवासी दिना बगालेसमेतको सहभागिता रहेको छ।

लामा  मन्जुश्री ट्रैल रेस र ट्रैलमान्डुको सहयोगमा गएका हुन् भने रशिला टीएट कम्पनी तथा प्रिया म्युड कम्पनी र अनिता राई मिरा राई इनिसिएटिबको सहयोगमा गएका हुन्।

अल्ट्रा ट्रेल दौडको लागि विश्वकपको रूपमा मानिने उक्त दौडमा भाग लिन विशेष योग्यता आवश्यक पर्दछ। विगत दुई वर्षमा विभिन्न दौडमा राम्रो नतिजा ल्याउनेहरूले मात्र उक्त प्रतियोगितामा भाग लिन पाउँछन्। चारै जना खेलाडीले आवश्यक सर्तहरू पूरा गरेर प्रवेश पाएका हुन्।

ठूला चुनौतीलाई पार गर्नुपर्ने यस हिमाली दौड साहसिक खेल हो। टीडीएसलाई निकै टेक्निकल मानिन्छ। लामा र बगाले सहभागी हुने टीडीएस दौड  २८ अगस्ट  राति ११:३० (फ्रान्सेली समय) मा सुरु हुनेछ। उक्त दौड उत्तरी इटालीको काउर्मेउरबाट सुरु भएर फ्रान्सको सामोनीमा समाप्त हुनेछ।

रशिला तामाङ

त्यसैगरी सीसीसीतर्फ तामाङ र राईको दौड सेप्टेम्बर १ मा बिहान ९ बजे काउर्मेउरबाट सुरु भएर फ्रान्सको सामोनीमा समाप्त हुनेछ। त्यस्तै, ५० किलोमिटर ओसीसीतर्फ प्रिया राईको दौड ३१ अगस्ट  बिहान ८:१५ बजे स्वीटजरल्यान्डको ओर्सिएरेस उपत्यकाबाट सुरु भई सामोनीमा समाप्त हुनेछ।

कडा मिहिनेत र तयारी चाहिने यस दौड प्रतियोगितामा सबै विधा गरी संसारभरका उत्कृष्ट करिब १०,००० धावक/धाविकाले भाग लिनेछन्।

केही प्रतियोगीहरू निर्धारित स्थानमा पुगिसकेका छन्। कोही यात्रारत छन्। रशिला तामाङ यो समाचार तयार गर्दा कतार पुगेकी छन्। कतारबाट नेपालखबरसँग कुरा गर्दै उनले भनिन्, ‘पहिलो पटक ड्रिम इभेन्टमा भाग लिँदैछु। तयारी राम्रै छ। यद्यपि, भिसा प्रोसेसका कारण हाइ अल्टिच्युटमा तालिम गर्न  पाइएन तर पनि देशको नाम राख्न सक्दो कोसिस गर्नेछु।’

रशिला केही समय अगाडि मलेसियामा सम्पन्न ५० किलोमिटर र भारतको पुणेमा भएको २५ किलोमिटरमा प्रथम भएकी थिइन्।

रशिलाका प्रशिक्षक पूर्ण तामाङ सहभागी तिनै जना नेपाली चेली क्षमतावान् भएको बताउँछन्। उनले रशिलामाथि अलि बढी आशा राखेको नेपालखबरलाई बताए। पूर्ण विश्वका पूर्व एलिट धावक हुन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .