हङकङमा हुने गोर्खा ट्रेलब्लेजर दौडको तयारी अन्तिम चरणमा

हङकङमा हुने गोर्खा ट्रेलब्लेजर दौडको तयारी अन्तिम चरणमा

मगेन्द्र राई
माघ ११, २०७६ शनिबार १०:३,

हालसम्म प्रतियोगिताका लागि २ सय ५० सहभागीहरुले नाम दर्ता गराइसकेको आयोजक समितीका सदस्य देबराज राईले नेपालखबर लाई बताए।

गोर्खा सेमेटरि ट्रस्ट ‘जिसिटी’ र चाइल्ड वेल्फेर स्किम ‘सिडब्लुएस’को संयुक्त आयोजनामा हुन लागेको यो प्रतियोगिताको तेस्रो सस्करण हो।

अन्तिम समयसम्म अझ बढी सहभागीहरुले नाम दर्ता गराउने अपेक्षा गरिएको छ।

हङकङमा झन्डै ८ महिनायता जारी आन्दोलन र हालै देखिएको कोरोना भाइसरको महामारीका बाबजुद पनि ट्रेल दौडका लागि उल्लेख्य सहमागीहरुले नाम दर्ता गराएको राईको भनाइ छ।

आयोजकले सय भन्दा बढी स्वयंसेवक, फर्स्ट एडर लगायतका समूह तयार गरिसकेको छ। प्रतियोगितामा नेपालीहरुको सहभागीता समेत उल्लेख्य रहँदै आएको छ।

आयोजक सदस्य राईले ननेपालखबरसङ्ग भने,‘प्रतिकुल परिस्थितिको बाबजुद उल्लेख्य सहभागिताले हामीलाई थप हौसला र आत्मबल बढेको छ, बास्तवमा क्युनेट गोर्खा ट्रैल दौड साच्चिकै लोभलाग्दो र अवष्मरणीय हुनेछ।’ उनले भने,‘हाम्रो वीर गोर्खाली अग्रजहरुको साहस तथा ऐतिहासिक बिरासतसङ्ग जोडिएको यस दौडमा भाग लिए मात्रै पनि आफ्नो पुर्खा वा अग्रजहरु प्रतिको सच्चा सम्मान ठहरिनेछ, यो आफ्नो अग्रजहरु प्रति स्मरण र आदरभाव प्रकट गर्ने उत्तम अवसर हो।’

दौड कहिले कहाँ हुन्छ?

क्युनेट गोर्खा ट्रेलब्लेजर दौड आगामी फेब्रुअरी ८ शनिबार बिहान हुनेछ। दौडमा सहभागी हुन चाहनेहरुको लागि आयोजकले अन्तिम दर्ता मिति जनवरिको ३१ तारिक सम्म तोकेको छ।

२६ र १२ किलोमीटरको बिधामा प्रतिस्पर्धा गराइने यस दौड क्रमशः ९ र ९ः३० बजे शुरु हुनेछ।

सहभागी सबै ८ः३० अगावै आयोजना स्थलमा उपस्थित भइसक्नु पर्नेछ।दौड हङकङको न्यु टेरिटोरीको उत्तरी पूर्बी भेग शान्त भूमि को उपमाले परिचित लाउ शुई हेउङ जलाशय नजिक बाट सुरू भएर त्यही ठाउँमा समाप्त हुनेछ।

निर्धारित स्थानबाट शुरु भएपछि त्यसको दाहिने भएर अगाडी बढ्नेछ। लाउ शुई पुल पार गरेपछी अर्को लुङ पुल पार गर्नु पर्ने हुन्छ।

कत सई शान छिचोल्दै अगाडि बढेपछी बिस्तारै पश्चिमी भेग अवस्थित क्लाउड हिल पुगिनेछ। त्यहाँबाट पैत सि लेङ कन्ट्री पार्क र न्यु टेरिटोरि क्षेत्रहरूको उत्तर–पूर्वी भागमा पहाडहरूको फेदमा मनमोहक दृश्यहरु देख्न सकिनेछ।

यस दौड कोर्स विल्सन ट्रेलको सेक्सन ९ समेत पर्ने तात्कालिन गोर्खा रेजिमेन्टले नियमित रुपमा बुलडग तालिम र युद्ध सिमुलेशन अभ्यास अन्तर्गत गर्थे।

जहाँ पहाड र जङ्गलमा गह्रौ भारी र सैन्य उपकरण बोकेर गोर्खा सिग्नलका रेजिमेन्ट तल र माथी गर्ने गर्दथे।

स्थानीय तथा स्टार नेपाली धावकहरुको सहभागिता

करिब ५०० धावक धाविकाहरुले भाग लिने अनुमान गरिएको यस प्रतियोगितामा विश्वभरका करिब ३० राष्ट्रका धावकले सहभागिता जनाउँदै आएका छन्।

गतवर्ष यस प्रतियोगितामा करिब ५ दर्जन हङकङबासी नेपालीहरुको सहभागीता रहेको थियो। यो पटक पनि त्यो भन्दा बढी नै सहभागिता रहने आयोजकले आशा गरेका छन्।

यसमा नेपालबाट ‘गोर्खा ब्लड’ समूहको पहलमा दामोदर बुढा र मिरा राई ईनिसिएटिब तथा हङकङका नेपालीहरुको पहलमा भोजपुर ट्रैल रन बिजेता उमेश राई सहभागिता जनाउँदैछ्न् भने नेपालकै ट्र्याक एन्ड फिल्डमा राष्ट्रिय किर्तिमान धारी तथा ओलम्पियन हरी कुमार रिमाल, हङकङकै स्थनीय नेपाली स्टार गोर्खाली चिताको उपनामले चिनिएका यामनाथ नुगोयाम लिम्बु, माउन्ट फुजि तथा युटिएमबी धावक दिनानाथ बगाले जस्ता एलिट धावकहरु समेतको सहभागीताले प्रतियोगिता थप रौनकपुर्ण हुनेछ।

संकलित रकम शिक्षा तथा परोपकारी क्षेत्रमा खर्चिने

आयोजकले यस दौडबाट हङकङ डलर ३ लाख ५० हजार सङ्लन गर्ने लक्ष्य राखेको छ। संकलित रकम ट्रस्टको तर्फबाट अनलाइन हाई स्कूलमा छात्रवृत्ति स्वरुप सहयोग प्रदान गरिने र गोरखा ईतिहासको संरक्षण र संवर्धनमा खर्च गरिनेछ।

त्यसैगरी सीडब्लूएसले संकलित रकमको हिस्सा नेपालका सरकारी स्कूलहररुको शिक्षा तथा पूर्वाधारको गुणस्तर बढाउनमा खर्च गर्नेछ। रकम सरकारी विद्यालयको पुस्तकालय निर्माण गर्न, शौचालय निर्माण गर्न खर्च गरिने बताइएको छ।

 युद्धमा साहदत प्राप्त गोर्खाहरुको सम्झनामा गोर्खा ट्रेलब्लेजर

विश्वशान्ति स्थापनार्थ विभिन्न युद्धमा ज्यान गुमाएको गोर्खाहरुको सम्झना र सम्मानमा गोर्खाट्रेलब्लेजर सन २०१८ बाट गोर्खा सेमेटरि ट्रस्ट र चाइल्ड वेल्फेर स्किमको संयुक्त आयोजनामा हरेक बर्ष आयोजना हुँदै आएको छ।

शुरुवातको बर्षमै यस प्रतियोगिताले ‘सर्वश्रेष्ठ नयाँ रेस’ को उपाधि जितेको थियो।

हङकङमा गोर्खाहरुको योगदान

गोर्खाहरूले हङकङको अस्थिर समयमा सामाजिक स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याए जसका कारण हङकङ बर्तमान विश्वमै लोकप्रिय शहरको रुपमा स्थापित भएको छ।

सन १९४८–१९९७ सम्म गोर्खा सैनिकहरूले सिमाना सुरक्षित गरे, प्राकृतिक प्रकोपको समयमा मानवीय सहयोग प्रदान गरे, वातावरणीय संरक्षण प्रयास गरेर र बम निष्कृय गर्ने जस्ता महत्त्वपूर्ण कार्यहरु गरे।

गोर्खाहरुले अक्सफाम ट्रेल वल्कको थालनी गरेर शहरको सबैभन्दा ठूलो वार्षिक च्यारिटी कार्यक्रम अक्सफाम टैल वल्कको आरम्भ पनि गोर्खालीहरुले नै गरे।

हङकङमा चालु सरकार बिरोधी आन्दोलन तथा कोरोना भाईरसको महामारीका कारण प्रतिकुल परिस्थिति सिर्जना भए पनि उल्लेख्य सहभागिताका कारण दौड निर्धारित मिति, समय र स्थानमा सम्पन्न गरिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .