कोरोना भाइरसका कारण हङकङमा आपतकालीन अवस्था, चीनसँगको सबै उडान स्थगित

कोरोना भाइरसका कारण हङकङमा आपतकालीन अवस्था, चीनसँगको सबै उडान स्थगित

नेपालखबर
माघ ११, २०७६ शनिबार १२:१९,

शनिबार कार्यकारी प्रमुख क्यारी लामले आपतकालीन अवस्था घोषणा गरेको सीबीएस न्युजले जनाएको छ।

७० लाख ३० हजारको बासस्थान हङकङ एक व्यस्त शहरको रुपमा लिइन्छ। स्वासप्रस्वासबाट सर्ने भनिएको यस कोरोना भाइरस हङकङमा देखिएको पुष्टि भएपछि त्रास फैलिएको छ।

चीनको वुहान शहरबाट फैलिएको यस रोग हङकङसम्म आइपुगेपछि कार्यकारी प्रमुख लामले शनिबार आपतकालीन अवस्थाको घोषणा गर्दै चीनसँगका सबै उडानहरु तत्कालका लागि स्थगित गरेकी छिन्।

साथै त्यहाँका विद्यालयहरु ३ हप्ताको लागि बन्द गरिएको छ। फेब्रुअरी १७ देखि विद्यालयहरु खुल्ने जनाइएको छ।

यस्तै वुहान जाने रेल सेवामा पनि तत्काल प्रतिबन्ध लगाइएको जनाइएको छ। हङकङमा हालसम्म पाँच जनामा कोरोनाको संक्रमण देखिएको छ।

शनिबारसम्म चीनमा ४१ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ भने १२ सयजना भन्दा बढी यस रोगबाट संक्रमित छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .