ताइवानका नागरिक हङकङ प्रदर्शनकारीको पक्षमा, पठाए प्रदर्शन सामाग्रीे

ताइवानका नागरिक हङकङ प्रदर्शनकारीको पक्षमा, पठाए प्रदर्शन सामाग्रीे

नेपालखबर
माघ १३, २०७६ सोमबार ११:५२,

तर यो सद्भाव एकतर्फी छैन। ताइवानका नागरिकहरु पनि हङकङका नागरिकको पक्षमा छन्। हङकङमा ८ महिनायता जारी सरकारविरुद्धको आन्दोलमा ताइवानमा नागरिकले हङकङबासीको साथ दिँदै आएका छन्।

ताइवानका नागरिकहरुले प्रदर्शन सामाग्रीहरु पठाएर हङकङका नागरिकलाई सरकाविरुद्धको आन्दोलनमा सहयोग पुर्याएको एससीएमपीले जनाएको छ।

हङकङ प्रदर्शनलाई सुरुवातदेखि साथ दिँदै आएको एउटा संस्था हो चि नान प्रेस्बाइटेरियन चर्च। यो चर्चले लेनन वाल बनाउने सामाग्री तथा प्रदर्शनका क्रममा लगाउने ह्याटहरु हङकङ पठाएको छ।

उक्त चर्चका एक सहयोगी कोङ चाओ–सुन भन्छन्,‘हामीले अहिलेसम्म ५ लाख ३० हजार हङकङ डलरका सामाग्री हङकङ पठाइसकेका छौं। यसमा ग्यास मास्क, हेल्मेट, एयर फिल्टरहरु छन्।’

यस्तै हङकङबाट भागेर आएका करिब २ सय प्रदर्शनकारीलाई ताइवानको यस चर्च तथा अन्य निकायले सहयोग गरेको बताइएको छ।

Equipment worth about HK$4.1 million including gas masks, helmets, air filters, ice packs and alcohol wipes has been gathered by the church. Photo: Kimmy Chung

चीनले ताइवानलाई आफ्नो भूमि मान्दछ। तर ताइवान आफू स्वतन्त्र र सार्वभौम मूलुक भएको बताउँछ।

अमेरिका लगायत युरोपेली मूलुकको साथ ताइवानलाई छ। चीनले भने एक देश दुई प्रणाली सिद्धान्त ताइवानले मान्नु पर्ने नभए आफूले शक्ति प्रयोग गर्ने चेतावनी दिएको छ।

चीनले ताइवानलाई स्वतन्त्र मूलुक ठान्ने कुनै पनि मूलुकसँग कुटनीतिक सम्बन्ध नगास्ने चेतावनी दिएको छ।

हङकङ चीनको प्रशासित क्षेत्र हो। तर हङकङमा हालै चीनविरुद्ध आन्दोलन चलिरहेको छ। हङकङ चीनबाट स्वतन्त्र हुनुपर्ने भन्दै ठूलो आन्दोलन भइरहेको छ।

यसबीचका चीनको भनाइ नमान्ने ताइवान र हङकङका नागरिको भावनात्मक सम्बन्ध मजबुत बन्दै गएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .