हङकङ ट्रेल्सको उपाधि ‘गोर्खाली चिता’ लाई

हङकङ ट्रेल्सको उपाधि ‘गोर्खाली चिता’ लाई

मगेन्द्र राई
माघ १३, २०७६ सोमबार १५:५४,

हङकङमा सम्पन्न सर्वाधिक जोखिम तथा चुनौतीपूर्ण दौड ‘हङकङ फोर ट्रेल्स अल्ट्रा च्यालेन्ज’ प्रतियोगितामा ‘गोर्खाली चिता’ को उपनामले चिनिएका हङकङ निवासी नेपाली यामनाथ लिम्बू ‘नुगोयाम’ले ऐतिहासिक बाजि मारेका छन्।

उनले विश्वका चर्चित धावकहरुलाई पछि पार्दै २९८ किलोमिटर लामो निर्धारित दूरि ५४ घण्टा २६ मिनेटमा पार गरी प्रथम स्थान हासिल गरेका हुन्।

त्यसै गरी अष्ट्रेलियाका स्टेफन रेडफ्रेनले ५४ घण्टा ४६ मिनेटमा पार गरी दोस्रो, सिङ्गापुरका अबिमान्यु शुनमुगमले ५६.०६ मिनेटमा पार गरी तेस्रो स्थान हासिल गरेका थिए भने जापानका ताकाशी दोईले ५६.२५ मिनेटमा पार गरि चौथो स्थान हासिल गरेका थिए।

दौड गत शनिबार ९ बजे चुन मुनबाट शुरु भै लान्ताउ टापुको मुई वोमा समाप्त भएको थियो। उक्त चुनौतीपूर्ण दौडले हङकङमा अवस्थित म्याक्लेहोज, विलसन, हङकङ र लान्ताउ गरि ४ वटै प्रमुख ट्रेलहरु जोडिएका थिए।

धावकहरूलाई दौड अवधीमा कसैबाट सहयोग र समर्थन लिन पाईने अनुमति थिएन, अन्य दौडहरुमा जस्तो कुनै चेकपॉइन्टहरू थिएनन्। ६० घन्टा भित्र दूरि पार गर्ने लाई ‘फिनिसर’ तथा ७२ घन्टा भित्र पार गर्नेलाई ‘सर्भाईबर’ घोषित गरिएको थियो। सहभागीहरु मध्ये ८० प्रतिशत भन्दा बढीले दौड पूरा गर्न नसकेर बिचमै त्यागेका थिए।

शुरुबाटै दोस्रो स्थानमा लिड गरेका नुगो यामले अष्ट्रेलियन प्रतिद्वन्दी स्टेफनले कडा चुनौती दिएका थिए। तर ओरालोमा निकै फड्को मार्न सक्ने नुगोले अन्तत स्टेफनलाई पछि पारेरै छाडे।

लगातार ३ दिन २ रात दौडिएर नुगोयामले सोमबार साँझ फिनिसिङ ग्रीन बक्स चुमेका थिए। चन्द्र सुर्य अंकित नेपाली झण्डा बोकेर ग्रीन बक्स चुम्दा उनलाई आयोजक आन्द्रे ब्लुमबर्गले स्याम्पेनको फोहराले स्वागत गरेका थिए। 

nugo2.jpg

उक्त घडी सोच्दै नसोचेको सपना पूरा हुँदा उनी निशब्द थिए। भावुकताले आखामा आँसु र अनुहारमा हर्ष बोकी उपस्थित सबैसँग अंकमाल गरिरहेका थिए।आफ्नो सफलताको खुशीलाई ब्यक्त गर्ने कुनै शब्द फेला नपरी रहेको नुगोले नेपालखबरसँग भने।

‘सोच्दै नसोचेको सफलताले खुशी मिलेको छ, तथापी यो खुशीले उम्लिएर म पोखिन चाहन्न, म तपाईहरुको उहीँ नेपाली नुगो याम हु। मेरो यो सफलता, यो मेरो सपना साकार हुनुमा तपाईहरुकै साथ र हौसलाले हो। म दौड्दा जहिल्यै फिनिसिङ ग्रीन बक्स चुम्ने सोच बोकेको हुन्छु’ उनले भने, ‘यो दौड मैले ५५–६० घन्टा भित्र पार गर्ने लक्ष्य थियो। तर जित नै हात लाग्यो, म यो जित मेरो देश नेपाल, मेरो परिवार, हङकङबासी नेपालीहरु लगायत सम्पुर्ण नेपालीहरु, शुभचिन्तकहरु, साथीभाईहरु बिच बाँड्न चाहन्छु।’

nugo3.jpg

करिब ३ वर्ष अगाडिबाट मात्र ट्रेल रनमा सहभागी हुन थालेका नुगो यामले छोटो अवधी मै दर्जनौं उपाधिहरु हात पारी सकेका छन्। यति लामो र चुनौतीपूर्ण दौडमा जित हासिल गर्ने उनी एक मात्र पहिलो हङकङबासी नेपाली हुन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .