हङकङमा ३७ लाख डलरमा बन्यो ‘चुम्लुङ हिम’, घर सकार्न उठ्यो अर्को पाँच लाख

किरात याक्थुङ चुम्लुङ हङकङले जेहेन्दार लिम्बू विद्यार्थीलाई छात्रवृत्ति दिने
हङकङमा ३७ लाख डलरमा बन्यो ‘चुम्लुङ हिम’, घर सकार्न उठ्यो अर्को पाँच लाख

मगेन्द्र राई
असोज २५, २०८० बिहिबार १७:२६, हङकङ

किरात याक्थुङ चुम्लुङ हङकङले जेहेन्दार लिम्बू विद्यार्थीलाई छात्रवृत्ति दिने योजना अघि बढाउने भएको छ। संस्थाका अध्यक्ष शेरबहादुर लक्सम्बाले नेपालखबरलाई उक्त जानकारी गराएका हुन्।

हाल संस्थाकाे भवन खरिद गर्दा लागेको रकम चुक्ता गर्नको लागि रकम सङ्कलन अभियानमा लागेको संस्थाले भविष्यमा उक्त्त कार्य गर्ने गरी योजना अघि बढाएको हो।

संस्थाको भवन ‘चुम्लुङ हिम’ सन् २०१७ मा ३७ लाख हङकङ डलरमा खरिद गरिएको थियो। व्यक्तिको नाममा खरिद गरिएको उक्त भवनको हालसम्म मासिक मोर्गेज तिर्दै आइरहेको र अब १६ लाख तिर्न बाँकी रहेको अध्यक्ष लक्सम्बा बताउँछन्। खरिद गरिएको उक्त भवन जोर्डनस्थित रिक्लामेसन स्ट्रिटको पहिलो तलामा छ ।

२९ नोभेम्बरभित्र सबै रकम चुक्ता गर्ने गरी गरिएको रकम सङ्कलन अभियानमा हालसम्म पाँच लाख हङकङ डलर जम्मा भइसकेको पनि अध्यक्ष लक्सम्बाले बताए। लिम्बू समुदायको मौलिक भाषा, संस्कृति, संस्कार तथा पहिचानको संरक्षण र सम्बर्धनको लागि ‘चुम्लुङ हिम’ भवन खरिद गरएको दाबी उनको छ।

‘अझै मोटो रकम आवश्यक रहेछ। तोकिएको समयावधि आउन अब डेढ महिना मात्र बाँकी छ। यति छोटो समयमा त्यति रकम सङ्कलन गर्न सम्भव होला त?’ भनी नेपालखबरले सोधेको प्रश्नमा अध्यक्ष लक्सम्बा भन्छन्, ‘प्रयत्न जारी छ। सहयोगी मन र हातहरू अगाडि बढिरहेका छन्। हामी अझै उत्साहित छौँ। कदाचित नपुगे ऋण लिएरै भए पनि बाँकी रकम चुक्ता गर्छौं।’

अध्यक्ष लक्सम्बा थप्छन्, ‘कतिपय समुदाय आर्थिक अनियमितताका कारण विवादिद बनेका छन्। तर, हाम्रो सबै हिसाबकिताब विवादरहित र पारदर्शी छ। त्यसैले हाम्रो कदमले हङकङका अन्य समुदायलाई पनि भवन खरिद लगायत अन्य कार्यको लागि उत्प्रेरित गर्नेछ भन्ने कुरामा हामी आशावादी छौँ।’

किरात याक्थुङ चुम्लुङ हङकङ सन् १९९६ मा स्थापना भएको हो। संस्थाले हालसम्म धेरै सामाजिक तथा मानवीय कार्य गर्दै आएको अध्यक्ष लक्सम्बा बताउँछन्। आफ्नो समुदायका मानिसको मृत्यु हुँदा ५ हजार हङकङ डलर सहयोग उपलब्ध गराउँदै आएकोमा भविष्यमा १ लाख डलर पुर्‍याउने योजना रहेको उनले बताए।

हङकङमा करिब सात हजार लिम्बू समुदायको बसोबास रहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .