हङकङका रेस्टुरेन्टमा अवैध कामदार आपूर्ति भएको खुलासा

आपूर्तिकर्ता ४, रोजगार दाता ८ र २० जना कामदार पक्राउ
हङकङका रेस्टुरेन्टमा अवैध कामदार आपूर्ति भएको खुलासा

अध्यागमनले अवैध कामदार आपूर्ति गर्ने समूहका सदस्यलाई पक्राउ गरेको छ (तस्बिर : एससीएमपी)


नेपालखबर
असोज २५, २०८० बिहिबार १८:४, हङकङ

हङकङको अध्यागमन विभागले सहरका रेस्टुरेन्टहरूमा हुने अवैध कामदार आपूर्तिको जालो पक्डेको छ।

अध्यागमनले करिब ५० रेस्टुरेन्टमा यसरी कामदार आपूर्ति हुने गरेको पत्ता लगाएको हो।

अध्यागमनले बिहीबार बताएअनुसार मंगलबारदेखि बिहीबारसम्म गरिएको अपरेसनमा चार वटा फ्ल्याट र १२ वटा रेस्टुरेन्टमा छापा मारिएको थियो। सो अवसरमा आपूर्तिकर्ताका चार सदस्य, आठ रोजगारदाता र २० जना कामदारलाई पक्राउ गरिएको अध्यागमनले जनाएको छ।

विभागको विशेष अनुसन्धान शाखाका वरिष्ठ अध्यागमन अधिकारी डेरेक सिउ वाइ–वाङले आपूर्तिकर्ता समूहले ६ महिनाभन्दा बढी समयदेखि उक्त धन्दा सञ्चालन गर्दै आएको अनुसन्धानबाट पत्ता लागेको बताए।

उनका अनुसार अवैध कामदार आपूर्ति गरेवापत् प्रति सम्झौतामा रेस्टुरेन्टले २० देखि ५० हजार हङकङ डलर तिरेको पनि देखिएको छ।

यसरी अवैध रूपमा पूर्ति गरिने कामदार विशेषगरी सफाइकर्मी रहेको बुझिएको छ, जोसँग कामको लागि अनुमति छैन।

यस्ता कामदार अधिकांश इन्डोनेसियाका रहेको पनि अनुसन्धानबाट खुलेको छ। अध्यागमन अधिकारीले पक्राउ परेकाहरूसँग नक्कली परिचयपत्र पनि जफत गरेका छन्।

पक्राउ परेका २० अवैध कामदारमध्ये २३ देखि ५५ वर्ष उमेर समूहका ६ पुरुष र १४ जना महिला छन्।

वरिष्ठ अध्यागमन अधिकारी वाइ–वाङले अनुसन्धान जारी रहेकोले थप व्यक्ति पक्राउ पर्न सक्ने बताए।

हङकङ फेडेरेसन अफ रेस्टुरेन्ट र रिलेटेड ट्रेडका अध्यक्ष साइमन वोङ का–वो खाद्य क्षेत्रमा श्रमशक्तिको संकट रहेकोले यस्तो समस्या निम्तिएको बताउँछन्।

उनका अनुसार क्लिनर, डिसवासर जस्ता काममा धेरै वर्षअघिदेखि पर्याप्त कामदार आपूर्ति हुन सकेको छैन।

यस्तो कामका लागि काम गर्ने वातावरण अपेक्षाकृत नुहुनु तथा काम गर्ने समय पनि अस्थिर हुनुले धेरैले रुचि नदेखाउँदा समस्या आएको वोङ औँल्याउँछन्। धेरैले यस्तो कामलाई दीर्घकालीन कामको रूपमा नलिँदा समस्या बढ्दै गएको उनको ठहर छ।

अध्यक्ष वोङ खाद्य क्षेत्रमा ४० देखि ५० हजार श्रमशक्तिको आवश्यकता रहेको र यसमा पनि झण्डै ६० प्रतिशत सफाइका पद रिक्त रहेको बताउँछन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .