हङकङमा कार र मिनिबस ठोकिँदा पाँच जना घाइते

हङकङमा कार र मिनिबस ठोकिँदा पाँच जना घाइते

दुर्घटनामा कारको अगाडिको भागमा बढी क्षति पुगेको छ (तस्बिर : एससीएमपी)


नेपालखबर
कात्तिक २, २०८० बिहिबार १२:५८, हङकङ

हङकङमा बिहीबार बिहान मर्सिडिज बेन्ज र मिनिबस एकापसमा ठोकिँदा पाँच जना घाइते भएका छन्।

बिहान करिब ११ बजे लागुना सिटीबाट निस्किएको कारले नियन्त्रण गुमाउन पुग्दा बस स्टपमा रोकिइरहेको मिनिबसलाई ठक्कर दिएको हो।

प्रत्यक्षदर्शीका अनुसार नियन्त्रण गुमाउन पुगेको कार विपरीत लेनमा छिरेर यात्रु झार्ने स्टपमा रोकिएको मिनिबसलाई ठक्कर दिएको थियो।

घटनास्थलमा प्राथमिक उपचार गरी घाइतेहरूलाई अस्पताल पठाइएको थियो (तस्बिर : द स्ट्याण्डर्ड)

दुर्घटनामा कारको अगाडिको भागमा बढी क्षति पुगेको छ भने दुवै गाडीका चालक र बसका तीन जना यात्रु घाइते भएका छन्।

घाइतेहरूलाई घटनास्थलमा प्यारामेडिकले प्राथमिक उपचार गरेपश्चात् अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनीहरूलाई क्वानछङस्थित युनाइटेड क्रिश्चियन अस्पताल पठाइएको हो।

काउलुन पूर्वी ट्राफिक एकाइका अधिकारीले घटनाको अनुसन्धान गरिरहेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .