अल्ट्रा ट्रेल दौडमा भाग लिन हङकङ आइपुगे चार नेपाली चेली

अल्ट्रा ट्रेल दौडमा भाग लिन हङकङ आइपुगे चार नेपाली चेली

मगेन्द्र राई
कात्तिक २४, २०८० शुक्रबार २३:१३, हङकङ

हङकङमा हुन लागेको प्रतिष्ठित अल्ट्रा ट्रेल रन ‘यूटीएमबी ट्रान्स लान्ताउ’मा भाग लिन चार नेपाली महिला धावक हङकङ आइपुगेका छन्।

जसमध्ये सुनमाया बुढा, पदमकुमारी सुनुवार र सविना राई ५० किलोमिटरतर्फ र अनिता राई १०० किलोमिटरतर्फ प्रतिस्पर्धा गर्दैछन्। त्यस्तै, हङकङनिवासी दिनानाथ बगालेले १२९ किमितर्फ भाग लिइसकेका छन्।

दौड लान्ताउ टापुको मुई वो समुद्री तटबाट शनिबार सुरु हुनेछ।

१०० किमितर्फ बिहान ९ बजे तथा ५० किमितर्फ १० बजे सुरु हुनेछ। १२९ किमितर्फ आजै (शुक्रबार) राति १० बजे दौड भइसकेको छ।

सुनमाया प्रतियोगिताको दाबेदार हुन्। अनिता र दिना अनुभवी हुन् भने पदम र सविनाको पहिलो अन्तर्राष्ट्रिय डेब्यु हो।

गत वर्षबाट दौडिन सुरु गरेका पदम र सविनाले पहिलो पटक अन्तर्राष्ट्रिय कोर्समा दौडिन पाउँदा निकै उत्साहित भएको नेपालखबरलाई बताए।

‘दौडको अनुभव कम भए पनि निकै उत्साहित छौँ, नया ठाउँ र  टेक्निकल कोर्स भएकोले टप टेनभित्र छिर्ने योजना गरेका छौँ। यो पटक जित्नेभन्दा पनि अनुभव लिने हो,’ दुवैले एक स्वरमा भने, ‘पेट पाल्नको  निम्ति काम पनि गर्नुपर्ने र दौडन पनि पर्ने हुँदा भनेजस्तो ट्रेनिङ गर्न पाएनौँ तर पनि हिम्मत हारेका छैनौँ।’

पदम भने तालिमको सिलसिलामा घुँडामा चोट लागेकोले पूर्ण स्वस्थ नभएको बताइन्।

पदम र सविना दुवै मिरा राई इनिसिएटिब मार्फत तालिम लिएर हङकङ आएका हुन्। मिरा भने दौडकै सिलसिलामा हाल बेलायतमा छिन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .