हङकङमा आयोजित अल्ट्रा ट्रेल दौडको प्रतिस्पर्धामा चार नेपाली

पदमकुमारी र सबिनाको अन्तर्राष्ट्रिय डेब्यु
हङकङमा आयोजित अल्ट्रा ट्रेल दौडको प्रतिस्पर्धामा चार नेपाली

मगेन्द्र राई
कात्तिक २५, २०८० शनिबार ८:१४, हङकङ

हङकङमा आज (शनिबार) हुने प्रतिष्ठित अल्ट्रा ट्रेल रन ‘यूटीएमबी ट्रान्स लान्ताउ’ मा चार नेपाली महिला धावक सहभागी भएका छन्। प्रतियोगितामा सहभागिताका लागि उनीहरू आइतबारै हङकङ आइपुगेका थिए।  

जसमध्ये सुनमाया बुढा, पदमकुमारी सुनुवार र सबिना राई ५० किलोमिटरतर्फ तथा अनिता राई १०० किलोमिटरतर्फ प्रतिस्पर्धा गर्दै छन्।

त्यसैगरी हङकङ निवासी दिनानाथ बगाले १२९ किमितर्फ भाग लिँदै छन्। दौड लान्ताउ टापुको मुई वो समुद्री तटबाट आज बिहान ९ बजे सुरु हुनेछ। १०० किमितर्फ बिहान ९ बजे तथा ५० किमितर्फ बिहान १० बजे सुरु हुने आयोजकले जनाएको छ। १२९ किमितर्फ भने शुक्रबार राति नै प्रतियोगिता भइसकेको छ। 

सुनमाया प्रतियोगिताको दाबेदार हुन् भने अनिता र दिना अनुभवी हुन्। पदमकुमारी र सबिनाको भने अन्तर्राष्ट्रिय डेब्यु हो। 

गत वर्षबाट दौडिन सुरु गरेको पदमकुमारी र सबिनाले पहिलोपटक अन्तर्राष्ट्रिय कोर्षमा दौडिन पाउँदा निकै उत्साहित भएको नेपालखबरसँग बताए।
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .