हङकङका प्रमुख कार्यकारीको चीन भ्रमण : सोमबार राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

हङकङका प्रमुख कार्यकारीको चीन भ्रमण : सोमबार राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

सन् २०२२ को बेइजिङ भ्रमणका क्रममा हङकङका प्रमुख कार्यकारी जोन ली (बायाँ) चिनियाँ राष्ट्रपति सी चिनफिङसँग (सिन्ह्वा)


नेपालखबर
पुस २, २०८० सोमबार १२:०, हङकङ

चीन भ्रमणमा रहेका हङकङका प्रमुख कार्यकारी जोन लीले सोमबार दिउँसो चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङलाई भेट्नेछन्।

भेटका क्रममा प्रमुख लीले हङकङको राजनीतिक र आर्थिक अवस्थाका बारेमा अद्यावधिक गर्ने कार्यक्रम रहेको स्थानीय सञ्चारमाध्यम एससीएमपीले उल्लेख गरेको छ।

प्रमुख कार्यकारी लीले सुरुमा हङकङ तथा मकाउ मामिला हेर्ने प्रमुख सी बाओलोङलाई भेटेपछि राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्नेछन्।

हङकङ तथा मकाउ मामिला हेर्ने बेइजिङको कार्यालयले राज्य परिषद्को सट्टा चिनियाँ कम्युनिष्ट पार्टीलाई प्रत्यक्ष रिपोर्ट गर्नेगरी कार्यतालिका पुर्नंसरचना गरेपछि लीले आइतबार चार दिने बेइजिङ भ्रमण सुरु गरेका थिए।

स्रोतलाई उद्धृत गर्दैै एससीएमपीमा उल्लेख भएअनुसार प्रमुख कार्यकारी लीले चिनियाँ नेताहरूलाई भेट्दा हङकङको उत्तरी महानगर विकास योजना र राष्ट्रिय सुरक्षा प्रमुख एजेन्डाका रूपमा रहेनछन्।

त्यस्तै, भेटघाटका क्रममा लीले हङकङमा हालसालै सम्पन्न जिल्ला परिषद् निर्वाचनबारे शीर्ष अधिकारीहरूलाई अवगत गराउनेछन्।

निर्वाचनमा २७.५४ प्रतिशत मतदान भएको थियो। सन् १९९७ मा हङकङ चीनको स्वामित्वमा फर्किएपछि यो सबैभन्दा कम सहभागिता हो।

प्रमुख कार्यकारी लीले मंगलबार विभिन्न मन्त्रालयका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ। उनी बुधबार दिउँसो हङकङ फर्कनेछन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .