हङकङको एक आवासीय घरबाट नगद र गहनासहित ९१ हजार डलर चोरी

हङकङको एक आवासीय घरबाट नगद र गहनासहित ९१ हजार डलर चोरी

सातिन नोल हाउजिङ स्टेटबाट आइतबार ९१ हजार हङकङ डलर बराबरको धनमाल चोरी भएको छ (एससीएमपी)


नेपालखबर
पुस २, २०८० सोमबार १७:७, हङकङ

हङकङको एक आवासीय घरबाट ९१ हजार हङकङ डलर बराबरको धनमाल चोरी भएको छ।

प्रहरी प्रवक्तालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार सातिनस्थित विशेष आवासीय क्षेत्रमा रहेको एक घरबाट हङकङ डलर १० हजार नगद र ८१ हजार बराबरको गरगहना चोरी भएको हो।

घटनासँग परिचित स्रोतका अनुसार सीसीटीभी क्यामेरामा कैद भएको रेकर्डमा दुई जना पुरुष घरको पर्खालबाट चढी शयनकक्षको झ्यालबाट भित्र छिरेका थिए।

आइतबार राति भएको उक्त घटनामा दुई वटा वार्डरोब खोली पैसा र बहुमूल्य सामान चोरी भएको स्रोतको दाबी छ।

चोरी आइतबार राति नै भए पनि घटनाबारे भने सोमबार बिहान करिब साढे १० बजे मात्र जानकारी भएको थियो।

सोमबार बिहान उक्त घरमा भाडामा बस्ने एक महिलाले शंकास्पद गतिविधि देखेर प्रहरीलाई खबर गरेपछि मात्र घटना बाहिर आएको हो।

सुत्नेकोठाको झ्याल जबरजस्ती खुलेको देखेपछि उनले चोरीको आशंका गर्दै प्रहरीलाई खबर गरेकी थिइन्।

घटनाबारे सातिन आपराधिक अनुसन्धान इकाइका अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् भने सोमबार साँझसम्म कोही पक्राउ परेका छैनन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .