हङकङमा ७ यौनकर्मीसहित ११ जना पक्राउ

हङकङमा ७ यौनकर्मीसहित ११ जना पक्राउ

बुधबारको अपरेसन सम्बन्धमा जानकारी दिँदै अधिकारी (द स्ट्यान्डर्ड)


नेपालखबर
पुस ५, २०८० बिहिबार १८:३४, हङकङ

हङकङ प्रहरीले यौनकर्ममा संलग्न रहेको आरोपमा ११ जनालाई पक्राउ गरेको छ। जसमा ७ जना यौनकर्मी महिला र अन्य ४ जना यौन व्यवसाय सञ्चालनका लागि सहयोग पुर्‍याउने व्यक्ति रहेका छन्।

पूर्वाञ्चल जिल्ला त्रिपक्षीय प्रहरी इकाले बुधबार (हिजो) गरेको विशेष सर्च अभियानमा उनीहरू पक्राउ परेको स्रोतलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेको छ।

सिन्डिकेटका यी सदस्यले मेसेजिङ एपमा यौनकर्मीको भिडिओ र तस्बिर उपलब्ध गराएर ग्राहक खोज्ने र नर्थ पोइन्टस्थित एक होटलमा यौनकर्मी महिलाहरूसँग यौनकार्यमा संलग्न गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

यसबापत उनीहरूले यौनकर्मी महिलाहरूले कमाएको ५० प्रतिशत रकम कमिसन लिने गरेका थिए।

समूहको यो कार्य कम्तीमा तीन महिनादेखि सञ्चालनमा रहेको प्रहरीको अनुमान छ। यस कार्यबाट मासिक लगभग तीन लाख हङकङ डलरको कारोबार हुने गरेको आँकलन गरिएको छ।

बरामद सामग्री

प्रहरीले बुधबार पक्राउ गरेका यौनकर्मीहरूमा तीन थाइ महिला र २५ देखि ४२ वर्ष उमेर समूहका चार जना मुख्यभूमि चीनका महिला छन्। उनीहरूलाई हङकङ बसाइको सर्त उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको हो।

यस्तै, पक्राउ परेका अन्य चार जना यौनकार्यमा सघाउ पुर्‍याउने व्यक्ति २६ देखि ४९ वर्ष उमेर समूहका छन्। उनीहरूमध्ये एक जना थाइ महिला र अन्य तीन जना स्थानीय पुरुष हुन्।

पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले ७५ हजार हङकङ डलर नगद र यौनकार्यका निम्ति प्रयोग हुने सामग्री समेत बरामद गरेको छ।

पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .