हङकङका अधिकांश कार्यालय कर्मचारीमैत्री छैनन् : अध्ययन

हङकङका अधिकांश कार्यालय कर्मचारीमैत्री छैनन् : अध्ययन

सांकेतिक तस्बिर (सटरस्टक)


नेपालखबर
पुस ५, २०८० बिहिबार १५:४१, हङकङ

अमेरिकी टेक्नोलोजी कम्पनी सिस्कोले गरेको एक अध्ययनमा हङकङका विभिन्न कार्यालयमा कार्यरत करिब तीन चौथाइ कर्मचारीले आफ्नो कार्यालयको कार्यस्थल आवश्यकता अनुकूल नभएको बताएका छन्।

हङकङभरि सर्वेक्षण गरिएका ७२ प्रतिशत कर्मचारीले उनीहरूको कार्यस्थल काममैत्री नभएको बताएका हुन्।

वर्कस्पेस डिजाइन, लेआउट र टेक्नोलोजीको प्रयोग कर्मचारीको अपेक्षा अनुरुप नभएको क्यालिफोर्नियामा रहेको उक्त कम्पनीको अध्ययनले पत्ता लगाएको हो।

कम्पनीले नोभेम्बरमा सात एसिया प्यासिफिक बजार– हङकङ, अस्ट्रेलिया, भारत, फिलिपिन्स, ताइवान, थाइल्यान्ड र दक्षिण कोरियाका ७ हजार ५५० पूर्णकालीन कर्मचारी र एक हजार ६ सय ५० रोजगारदातामा सर्वेक्षण गरेको थियो।

सर्वेक्षणमा उल्लेख गरिएअनुसार कोभिड–१९ महामारीको प्रतिबन्ध खुकुलो भएपछि हङकङका ६१ प्रतिशतले कम्पनीले कार्यालयमा कर्मचारीको उपस्थिति पूर्ण वा आंशिक रूपमा अनिवार्य गरेका छन्।

कार्यालयमा अनिवार्य गरिनुको मुख्य उद्देश्य कर्मचारीमा आपसी सहयोग, सद्भाव र मन्थनलाई सुदृढ गर्नु रहेको अध्ययनले देखाएको छ।

तर, एकातिर रोजगारदाताले सहकार्यमा जोड दिइरहेको छन् भने अर्कोतर्फ कर्मचारीहरूले आफ्नो कार्यस्थल सहयोग र विचार-मन्थनका लागि उपयुक्त नभएको बताइरहेका छन्।

यद्यपि, सर्वेक्षणमा समावेश ८८ प्रतिशत रोजगारदाताले आफ्नो कार्यालयमा कम्तीमा आधामा ठाउँ व्यक्तिगत कार्यस्टेसनका लागि छुट्याएको बताएका छन्।

कार्यस्थल काममैत्री नभएको गुनासो गरेता पनि हङकङका दुई तिहाइभन्दा बढी कर्मचारीले कार्यालयमा उपस्थित हुनुपर्ने अनिवार्यता सम्बन्धमा भने सकारात्मक प्रतिक्रिया दिएका छन्। केहीले भने हप्तामा केही दिन मात्र कार्यालयमा उपस्थित हुने इच्छा देखाएका छन्। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .