हङकङमा चिसो बढ्दै, बिहीबारको तापक्रम ९ डिग्री आसपास, शुक्रबार झनै चिसो हुने

हङकङमा चिसो बढ्दै, बिहीबारको तापक्रम ९ डिग्री आसपास, शुक्रबार झनै चिसो हुने

चिमसा चोइ मुख्यालयमा बिहीबार बिहानको तापक्रम ९.८ डिग्री मापन गरिएको छ (एससीएमपी)


नेपालखबर
पुस ५, २०८० बिहिबार १२:३५, हङकङ

बिहीबार बिहान हङकङको न्यूनतम तापक्रम १० डिग्रीभन्दा तल झरेको छ।

हङकङ अब्जर्भेटरीले बिहीबार बिहान चिमसा चोइ मुख्यालयमा ९.८ डिग्री तापक्रम रेकर्ड गरेको जनाएको छ। यो यस वर्षकै सबैभन्दा चिसो हो।

त्यस्तै हङकङको सबैभन्दा अग्लो हिमाल ताइमो सानको आज बिहान ४ बजे आसपासको तापक्रम ०.४ डिग्री मापन गरिएको छ।

यसैगरी सेङ सुइ र ताइपोको तापक्रम ८ डिग्रीभन्दा कम रेकर्ड भएको र वोङताइ सिन र काउलुनको तापक्रम ९ डिग्री मापन गरिएको अब्जर्भेटरीले जनाएको छ।

अब्जर्भेटरीको मौसम पूर्वानुमान शाखाले शुक्रबार तापक्रम अझै तल झर्ने अनुमान गरेको छ। शुक्रबारको तापक्रम ८ डिग्री आसपास रहने अनुमान गरिएको हो।

‘शरीरले महसुस गरेको तापक्रम भन्दा पनि वास्तविक तापक्रम अझ चिसो हुनेछ,’ पूर्वानुमान शाखालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा लेखिएको छ, ‘त्यसैले बालक, वृद्धवृद्धा र अस्वस्थहरूको विशेष हेरचाह गर्नुपर्ने देखिन्छ।’

यसैगरी औसत आद्र्रता ६० प्रतिशत रहने र मौसम बदली तथा सुक्खा रहने अब्जर्भेटरीले जनाएको छ।

‘जाडो मनसुनले आगामी केही दिनमा दक्षिणी चीनको तटीय क्षेत्रमा चिसो र सुक्खा मौसम ल्याउनेछ,’ मौसम पूर्वानुमानकर्तालाई उद्धृत गर्दै लेखिएको छ।

लागातार चिसो बढ्दै गएपछि सरकारले बुधबार अपरान्हदेखि चिसो मौसम चेतावनी संकेत जारी गरेको छ। यो सँगै आवश्यक परेकाहरूले प्रयोग गर्न सक्ने गरी गृह मामिला विभागले अस्थायी आश्रयस्थलहरू पनि सञ्चालनमा ल्याएको छ।

चिसो मौसम क्रिसमससम्मै लम्बिन सक्ने मौसम पूर्वानुमानकर्ताले जनाएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .