अलिबाबाले नेतृत्वमा फेरबदल गरेकै दिन हङकङमा बढ्यो ३ प्रतिशत शेयर कारोबार

अलिबाबाले नेतृत्वमा फेरबदल गरेकै दिन हङकङमा बढ्यो ३ प्रतिशत शेयर कारोबार

नेपालखबर
पुस ४, २०८० बुधबार १८:२१, हङकङ

अलिबाबा ग्रुप होल्डिङले आफ्नो नेतृत्वमा फेरबदल गरेको छ।

जसअनुसार अलिबाबाको ताओबाओ र टिमल ग्रुप (टीटीजी) का अध्यक्ष एडी वु योङमिङ बुधबार संयुक्त ई–कमर्स समूहको प्रमुख कार्यकारीमा नियुक्त भएका छन्।

यो सँगै अलिबाबा समूह र यसको क्लाउड कम्प्युटिङ इकाइको सीईओको जिम्मेवारी पनि योङमिङको काँधमा आएको छ।

अलिबाबाका अध्यक्ष जो चाइको हस्ताक्षर भएको नियुक्ति पत्र योङमिङका नाममा जारी भइसकेको छ।

‘नियुक्ति पत्रमा अध्यक्ष चाइ लेख्छन्- एडीको अलिबाबा क्लाउड र टीटीजी दुवैको नेतृत्वले क्लाउड कम्प्युटिङ र ई-कमर्सका हाम्रा दुई मुख्य व्यवसायमा पूर्ण फोकस, महत्त्वपूर्ण र दिगो लगानी सुनिश्चित गर्नेछ। साथै, टीटीजीलाई टेक्नोलोजीको प्रयोगमार्फत परिवर्तन गर्न सक्षम पार्नेछ,’ स्थानीय सञ्चारमाध्यम एससीएमपीमा लेखिएको छ।

चिनियाँ किनमेल प्लेटफर्म पिन्डुओडु (पीडीडी)ले बजार मूल्यमा अलिबाबालाई उछिनेको दुई हप्तापछि अलिबाबामा यसप्रकारको परिवर्तन आएको चर्चा एकथरिको छ।

मंगलबारको एक तथ्यांकमा पीडीडीको बजार मूल्य १९७.२ बिलियन यूएस डलर थियो, जबकि यो मूल्य अलिबाबाको १८७.८ बिलियन यूएस डलर थियो।

पिन्डुओडुको आक्रामक बजार विस्तारका बारेमा यसअघि अलिबाबाका संस्थापक ज्याक माले पनि प्रशंसा गरेका थिए।

पीडीडीको यसप्रकारको आक्रामक बजार वृद्धिले पनि अलिबाबालाई आफ्नो व्यवसाय सुधार गर्न बाध्यात्मक बनाएको जानकारहरू बताउँछन्।

ई-कमर्स कन्सल्टेन्सी बेलियनका संस्थापक र प्रमुख विश्लेषक झुआङ सुइलाई उद्धृत गर्दै एससीएमपीले लेखेको छ, ‘पीडीडी अहिले बजार मूल्यमा अलिबाबाभन्दा अगाडि छ, त्यसैले ताओबाओ नयाँ ढंगले अगाडि बढ्नुपर्छ।’

झुआङले थपेका छन्, आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले अलिबाबालाई आफ्नो ई-कमर्स व्यवसायको पुनः निर्माण गर्ने अवसर प्रदान गर्न सक्दछ।’

त्यस्तै, अलिबाबा समूहका संस्थापक सदस्य योङमिङले पनि एआई र ग्राहक सेवालाई अलिबाबाको भविष्यको रूपमा अघि सारेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .