हङकङको नेपाल फाइनान्सले बाँड्यो ८ प्रतिशत लाभांश

हङकङको नेपाल फाइनान्सले बाँड्यो ८ प्रतिशत लाभांश

मगेन्द्र राई
पुस ४, २०८० बुधबार १०:३५, हङकङ

हङकङमा नेपालीबीच ‘फादर अफ फाइनान्स’को छवि बनाएको नेपाल फाइनान्स लिमिटेडले ११औँ वार्षिक साधारण सभाका अवसरमा सेयर धनीहरूलाई नाफा वितरण गरेको छ। 

जोर्डनस्थित हाइतिन चाइनिज रेस्टुरेन्टमा गत आइतबार आयोजित साधारण सभामा फाइनान्सले आफ्ना सेयर सदस्यलाई ३ प्रतिशत नगद र ५  प्रतिशत सेयरमा गाभिने गरी कूल ८ प्रतिशत लाभांश वितरण गरेको हो। 

कोरोना महामारीबाट बिस्तारै तंग्रिँदै गरेको उक्त फाइनान्सले यो वर्ष १० लाख ८२ हजार ८ सय ८७ हङकङ डलर मुनाफा गरेको हो।

फाइनान्सका प्रमुख व्यवस्थापक तथा कोषाध्यक्ष शशीमदन राईले साधारणसभामा प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२२/२०२३ मा अधिकृत पुँजी १ करोड २५ लाख १६ हजार १ सय  हङकङ डलर तथा दायित्व पुँजी ५ करोड ७६ लाख १६ हजार ७ सय २२ हङकङ डलर गरी फाइनान्सको कूल पुँजी ७ करोड १२ लाख १५ हजार ७ सय ९ हङकङ डलर छ। 

अध्यक्ष धिरजकुमार राइको अध्यक्षतामा सम्पन्न साधारणसभामा नेपाल च्याम्बर्स अफ कमर्सका अध्यक्ष लबकुमार गुरुङ, हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङलगायत अतिथि थिए। 

सन् २००७ मा केही नेपालीको सक्रियतामा नेपाल ग्रोथ फन्ड नामबाट आर्थिक कारोबार थालेको नेपाल फाइनान्सले सन् २०११ मा व्यावसायिक लाइसेन्स प्राप्त गरी गतिविधि सञ्चालन गरिरहेको छ। 

घरजग्गा, रेमिट्यान्स, रेस्टुरेन्ट, विविध कर्जा प्रवाह लगायत कारोबार गरिरहेको फाइनान्सले आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा नेपालमा समेत शाखा खोलिएको अध्यक्ष राईले नेपालखबरलाई जानकारी दिए। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .