हङकङ : क्रिसमस इभमा एमटीआरले रातभर सेवा दिने, केएमबीको २२ स्थानमा सेवा थप

हङकङ : क्रिसमस इभमा एमटीआरले रातभर सेवा दिने, केएमबीको २२ स्थानमा सेवा थप

तस्बिर : द स्ट्यान्डर्ड


नेपालखबर
पुस ८, २०८० आइतबार १३:१, हङकङ

क्रिसमस इभको अवसरमा मास ट्रान्जिट रेलवे (एमटीआर)ले एयरपोर्ट एक्सप्रेस, डिज्नील्यान्ड रिसोर्ट लाइन र लोवु तथा माचाउ स्टेसनको रुट बाहेक अन्यत्र रातभर सेवा प्रदान गर्ने भएको छ।

क्रिसमस र नयाँ वर्षको पूर्वसन्ध्यामा ५०५, ५०७, ६१०, ६१४पी, ६१५पी, ७०६ र ७५१ का सात लाइट रेलमार्ग पनि रातभर सन्चालन हुने भएका छन्।

जनवरी १ सम्म विभिन्न अवधिमा एयरपोर्ट एक्सप्रेस बाहेक सबै लाइनमा थप रेल सेवा सञ्चालने हुने एमटीआरले जनाएको छ।

यद्यपि भीड व्यवस्थापनको लागि केही नियम परिवर्तन भएको एमटीआरले बताएको छ। यसको लागि अद्यावधिक सूची सार्वजनिक गर्दै (सूची हेर्न यहाँ क्लिक गर्नुस्) यसमा जानकार रहन आग्रह गरिएको छ।

‘उत्सवलाई ध्यानमा राख्दै, भीड व्यवस्थापनको उपायहरू स्टेसनहरूमा लागू गर्न सकिन्छ। कृपया नवीनतम सेवा अद्यावधिकमा ध्यान दिनुहोला,’ एमटीआरलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यम उल्लेख गरिएको छ।

त्यस्तै, काउलन मोटर बस (केएमबी) ले पनि क्रिसमस इभ, क्रिसमस डे र नयाँ वर्षको अवसरमा सेवा सयम समायोजन गरी थप २२ वटा रुटमा सेवा विस्तार गर्ने जनाएको छ।

केएमबीले पनि आफ्नो अद्यावधिक सूची सार्वजनिक गरेको छ। सूची हेर्न यहाँ क्लिक गर्नुस्

यसैगरी, अन्य तीन बस रुट ५०६, के५१ र के५४ मा पनि सेवा अवधि बढाइने भएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .