हङकङको रेडहिल प्रायद्वीपमा गैरकानुनी स‌ंरचनाका ७० घर भेटिए

अनधिकृत संरचना रहेका २९ वटा घरले सरकारी जग्गासमेत कब्जा गरेको पाइएको छ
हङकङको रेडहिल प्रायद्वीपमा गैरकानुनी स‌ंरचनाका ७० घर भेटिए

रेडहिल प्रायद्वीपका ८५ घरको निरीक्षणमा ७० वटाले गैरकानुनी कार्य गरेको भेटिएको हो (एससीएमपी)


नेपालखबर
पुस ८, २०८० आइतबार १८:५२, हङकङ

हङकङका अधिकारीहरूले ताइतामको लक्जरी स्टेटमा निरीक्षण गरिएका ८५ घरमध्ये ७० घरले सरकारी जग्गा अतिक्रमण गरेको वा अनधिकृत संरचना बनाएको फेला परेको बताएका छन्।

गत सेप्टेम्बरमा भएको ‘ब्ल्याक रेन’का कारण रेडहिल प्रायद्वीपमा पहिरो जाँदा तीन घर जोखिममा परेका थिए। पहिरोपछि निरीक्षणका क्रममा अधिकारीले अनधिकृत रूपमा भवन निर्माण भएको तथा सरकारी जग्गा अधिग्रहण गरिएको पत्ता लगाएका थिए। त्यसपछि भवन र भूमि विभागको संयुक्त निरीक्षण सुरु भएको थियो।

संयुक्त टोलीले गरेको निरीक्षणमा ८५ मध्ये ७० घरले गैरकानुनी कार्य गरेको पत्ता लागेको हो।

जसमा ४० वटा घरको अनधिकृत संरचना रहेको, एउटाले सरकारी जग्गा कब्जामा गरेको र २९ वटाले दुवै नियम उल्लंघन गरेको पाइएको हो।

बाँकी १५ घरमा अहिलेसम्म यी दुवै संकेत भेटिएको छैन। यद्यपि, थप निरीक्षण र केही घरबाट अरू प्रमाण संकलनपछि अनधिकृत संरचना भएका सम्पत्तिको अन्तिम संख्या पुष्टि गरिने र भत्काउने आदेश दिइने सरकारी प्रवक्ताले बताएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेको छ।

उनका अनुसार आदेश प्राप्त गर्नेले ३० दिनभित्र प्राधिकरणसमक्ष भत्काउने प्रस्ताव पेस गर्नुपर्ने र १५० दिनभित्र काम सम्पन्न गरिसक्नुपर्नेछ।

कुनै कारणविना आदेशको पालना नगर्नेलाई कानुनी कारबाही गरिने पनि सरकारी सूचनामा भनिएको छ।

७ सेप्टेम्बरको वर्षासँगै गएको पहिरो निरीक्षण गर्न पुगेका अधिकारीले रेडहिल प्रायद्वीपमा रहेको लक्जरी स्टेटमा निर्माण कानुनको दुरुपयोग भएको पत्ता लागेपछि हङकङका विकास सचिव बर्नाडेट लिनले रेडहिलका ८५ घरमा निरीक्षणको आदेश दिएका थिए।

मुसलधारे पानीका कारण समुन्द्रको किनारमा रहेका घर नं. ७०, ७२ र ७४ का तीन वटा घरलाई जोखिम पुर्‍याएपछि अधिकारीहरू निरीक्षणमा पुगेका थिए। सोही बेला अनधिकृत संरचना रहेको पर्दाफास भएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .