त्रुटिपूर्ण संकेतका कारण एमटीआरको सेवा केहीबेर अवरुद्ध

त्रुटिपूर्ण संकेतका कारण एमटीआरको सेवा केहीबेर अवरुद्ध

तस्बिर : द स्ट्यान्डर्ड


नेपालखबर
पुस ९, २०८० सोमबार १२:३६, हङकङ

त्रुटिपूर्ण संकेतका कारण सोमबार बिहान मास ट्रान्जिट रेलवे (एमटीआर)को एयरपोर्ट एक्सप्रेस र तुङचुङ लाइन सेवा लगभग १५ मिनेट अवरुद्ध हुन पुग्यो।

एमटीआरले बिहान ११ः३५ बजे सिंगनलिङ फल्ट (सांकेतिक त्रुटि) भएको घोषणा गरेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

त्रुटिका कारण लाइकिङ र नाम चेओङ स्टेसनबाट तुङचुङतर्फ जाने लाइन ट्रेन र चिङ यि र काउलुन स्टेसनबाट पास हुने एयरपोर्ट एक्सप्रेस प्रभावित भएका थिए।

जसका कारण हङकङ र एसियावर्ल्ड-एक्स्पो स्टेसनबाट एयरपोर्ट एक्सप्रेसका रेल तथा हङकङ र तुङचुङ स्टेसनबाट पास हुने तुङचुङ लाइन ट्रेनका सेवा ८ देखि १० मिनेट ढिलो भएका थिए।

रेलसेवाको गडबडीसँगै हङकङ स्टेसनमा इन-टाउन चेक-इन सेवाको समयसीमा निर्धारित ९० मिनेटबाट बढाएर १२० मिनेट पुर्‍याइएको थियो।

करिब ११ः५० बजे एमटीआरले समस्या समाधान भएको घोषणा गरेसँगै प्रभावित सबै सेवा यथास्थितिमा फर्किएका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .