हङकङमा फेरि औद्योगिक दुर्घटना, एक कामदारको मृत्यु

हङकङमा फेरि औद्योगिक दुर्घटना, एक कामदारको मृत्यु

न्यु टेरिटोरिज, ल्यान्डफिल साइट (एससीएमपी)


नेपालखबर
पुस ९, २०८० सोमबार १७:१२, हङकङ

हङकङको न्यु टेरिटोरिज, ल्यान्डफिल साइटमा दुर्घटना भएको छ। दुर्घटनामा परी एक कामदारको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

प्रहरीलाई उद्धृत गर्दै उल्लेख भएअनुसार सोमबार दिउँसो ताकु लिङको नर्थ वेस्ट न्यु टेरिटोरिज ल्यान्डफिल्डमा कार्यरत कामदारलाई गार्बेज ट्रक पल्टिएर ठक्कर दिँदा गम्भीर घाइते भए।

ट्रकले ठक्कर दिएपछि उनी पुलको ढुङ्गामा समेत ठोकिन पुगेका थिए।

दुर्घटनालगत्तै सहकर्मीले प्रहरीलाई खबर गरेका थिए। यद्यपि उद्धारकर्मी त्यहाँ पुग्नुअगावै सहकर्मीले उनलाई उद्धार गरिसकेका थिए भने पीडित व्यक्ति बेहोस थिए।

उद्धारकर्मी पुगेपछि ५० वर्षीय घाइतेलाई  सेङसुइमा रहेको उत्तरी जिल्ला अस्पताल लगिएको थियो तर बचाउने प्रयास सफल भएन। अस्पतालले उनलाई दिउँसो ३ बजे मृत घोषित ग¥यो।

घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .