हङकङमा १८ सय घर बनाउने परियोजना अघि बढ्यो

न्यु वर्ल्ड टिमले गर्‍यो चाइना रिसोर्स ल्यान्डसँग साझेदारी
हङकङमा १८ सय घर बनाउने परियोजना अघि बढ्यो

युनलङको आवास क्षेत्र, खेतबारी र पारिपट्टि सेन्जेन


नेपालखबर
पुस ११, २०८० बुधबार १४:४६, हङकङ

न्यु वर्ल्ड डेभलपमेन्ट कम्पनीले हङकङको उत्तरी महानगर (नर्थन मेट्रोपोलिस)मा आवासीय परियोजना निर्माण गर्न चिनियाँ स्वामित्वको कम्पनी चाइना रिसोर्स ल्यान्ड लिमिटेडसँग साझेदारी गरेको छ।

दुई कम्पनीले बुधबार जारी गरेको एक संयुक्त विज्ञप्तिमा जनाइएअनुसार न्यु वर्ल्डको स्वामित्व रहेको साइटहरूमा करिब १८ सय घर बन्नेछन्।

हङकङका पूर्वप्रमुख कार्यकारी क्यारी लामले सन् २०२१ मा प्रस्तुत गरेको उत्तरी महानगर योजनाले सेन्जेनको सिमानामा रहेका अधिकांश नयाँ क्षेत्रलाई विज्ञान पार्क र घरहरू भएको टेक हबमा परिणत गर्ने लक्ष्य राखेको थियो।

बुधबार दुई कम्पनीबीच सम्झौता–पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा हङकङमा चीन सरकारको प्रतिनिधित्व गर्ने चिनियाँ सम्पर्क कार्यालयका महासचिव पनि उपस्थित थिए।

हङकङले उच्चस्तरीय व्यावसायिक सेवा तथा लजिस्टिक, नवीनता तथा प्रविधि, उद्योग तथा वाणिज्य र संरक्षण तथा पर्यटन सहितको प्रमुख चार क्षेत्र सिर्जना गर्ने योजना बनाएको छ।

सरकारले उत्तरी महानगरले पाँच लाख घर उपलब्ध गराउन सक्ने अपेक्षा राखेको छ।

संयुक्त परियोजना युङलङ जिल्लामा अवस्थित व्यावसायिक सेवा र लजिस्टिक क्षेत्रमा छ। यो अर्को वर्षबाट सुरु हुनेछ।

न्यु वर्ल्डले कृषि जग्गाको मूल्य अनलक गर्न र सेयरहोल्डरहरूको प्रतिफल दिन सक्ने विश्वास रहेको बताएको छ।

यसैगरी, कम्पनीले महानगर क्षेत्रमा १५ मिलियन वर्गफिट कृषियोग्य जग्गा विकासका लागि साझेदारीको योजना बनाइरहेको जनाएको छ, जसबाट लागत घटाउन सकियोस्। (ब्लुमबर्ग)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .