हङकङमा सम्पन्न टेनिस च्याम्पियनसिप २०२३ को उपाधि विकास गुरुङलाई

हङकङमा सम्पन्न टेनिस च्याम्पियनसिप २०२३ को उपाधि विकास गुरुङलाई

नेपालखबर
पुस ११, २०८० बुधबार १६:२९, हङकङ

हङकङमा नेपालीहरूद्वारा स्थापित ‘हङकङ नेप्लिज टेनिस सोसाइटी’ ले आयोजना गरेको एकदिवसीय ‘१२औँ वार्षिक टेनिस च्याम्पियनसिप २०२३’ को उपाधि विकास गुरुङले जितेका छन्।

क्रिसमस छुट्टीको छेक पारेर गत मङ्गलबार याउचिङ मोङ जिल्लास्थित किङ्स पार्क टेनिस सेन्टरमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा शीर्ष वरीयताका विकासले प्रकाश गुरुङलाई ६-२ को अन्तरमा पाखा लगाउँदै उपाधि हात पारेका हुन्।

खेलमा सेकेन्ड रनरअपको स्थान किसन थापा मगरले लिए। खेल राउन्ड रोबिन सिक्स गेमको फर्म्याटमा खेलाइएको थियो। राउन्ड रोबिन पश्चात् अङ्कको आधारमा सेमिफाइनल र फाइनल खेल खेलाइएको थियो।

प्रतियोगितामा विजेता खेलाडीलाई संस्थाका उपाध्यक्ष मन गुरुङले ट्रफी तथा पुरस्कार वितरण गरेका थिए।

प्रतियोगिता पश्चात् संस्थाले जोर्डनस्थित बगैँचा रेस्टुरेन्टमा रात्रिभोज आयोजना गरेको थियो।

‘थ्रि एफ’ अर्थात् फिटनेस, फन, फ्रेन्डसिपको अवधारणामा सन् २०१० मा स्थापना भएको उक्त संस्थाले हरेक वर्षको अन्तिम महिनामा वार्षिक च्याम्पियनसिप प्रतियोगिता खेलाउँदै आएको छ। त्यसका साथै संस्थाले विभिन्न मुलुकका टेनिस खेलाडीलाई सहभागी गराई डेभिस कप पनि खेलाइसकेको छ।

संस्थाले टेनिस खेलको विकासका साथै सामाजिक तथा मानवीय कार्यमा समेत सहभागिता जनाउँदै आएको छ। जसअन्तर्गत संस्थाको पहलमा पोखरा रंगशालामा एक टेनिस कोर्ट निर्माण गरिएको छ भने रामेछाप र इटहरीमा भूकम्पबाट भत्किएका विद्यालय भवन निर्माण गरिदिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .