हङकङमा जनवरी १० देखि रेल सेवाको संख्या बढाउँदै एमटीआर

हाइस्पिडको रेलको अग्रिम बिक्री शुक्रबारदेखि
हङकङमा जनवरी १० देखि रेल सेवाको संख्या बढाउँदै एमटीआर

नेपालखबर
पुस ११, २०८० बुधबार १८:१४, हङकङ

मास ट्रान्जिट रेलवे (एमटीआर)ले काउलुन स्टेसन र फुसन स्टेसनबीचको दैनिक रेल सेवा बढाउने भएको छ।

कर्पोरेसनले बुधबार घोषणा गरेअनुसार जनवरी १० देखि यी दुई स्टेसनबीच चल्ने रेलको संख्या ७४ बाट ९८ पुग्नेछ।

यी स्टेसनको प्रस्थान समय समेत बढाइने भएको छ। जसअन्तर्गत फुसन स्टेसनबाट अन्तिम रेल ११ छुट्नेछ भने पश्चिम काउलुनबाट १०.३१ बजे छुट्नेछ।

यसअघि फुसनमा अन्तिम प्रस्थान समय १०.१० र पश्चिम काउलुनमा १०.०१ थियो।

यसका साथै केही छोटो दुरीका रेलको अन्तिम प्रस्थान समय पनि बढ्ने भएको छ।

जस्तो, ग्वाङझाउदोङबाट पश्चिम काउलुन जाने रेलको अन्तिम प्रस्थान समय ८.१८ बाट बढेर ८.५० पुग्नेछ।

त्यस्तै, हाइस्पिड रेल (एचएसआर)को टिकट पनि शुक्रबार (२९ डिसेम्बर)देखि अग्रिम बिक्री खुला हुनेछ।
 
एमटीआरको भनाइ उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेको छ, ‘सम्बन्धित मुख्यभूमि विभागहरूको व्यवस्थाअनुसार, जनवरी १० को हाइस्पिड रेलको टिकट शुक्रबार (२९ डिसेम्बर) देखि प्रि–सेलको लागि उपलब्ध हुनेछन्।’

हाइस्पिड रेल (एचएसआर)ले राष्ट्रव्यापी रूपमा रेलको समयतालिका र टिकटिङ प्रणालीलाई पनि समायोजना गरिरहेको हुनाले टिकट खरिद गर्नुअघि मुख्यभूमिको १२३०६ वेबसाइट वा मोबाइल एपमा नयाँ तालिका र अग्रिम बिक्री भए/नभएको जाँच गर्न एमटीआरले सुझाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .