हङकङ विमानस्थल नजिकै एक कामदारको मृत्यु

हङकङ विमानस्थल नजिकै एक कामदारको मृत्यु

नेपालखबर
पुस १२, २०८० बिहिबार १५:५६, हङकङ

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलनजिकै एलिभेटिङ प्लेटफर्मले किचेर एक कामदारको मृत्यु भएको छ।

बिहीबार दिउँसो करिब पौने १ बजे १० टन तौल भएको प्लेटफर्मले किचेर उनको मृत्यु भएको हो।

विमानस्थल नजिकै ७ केटरिङ रोड वेस्ट नजिकै रहेको ग्राउन्ड सपोर्ट इन्जिनियरिङ लिमिटेडको भवनमा उनी थिचिएको अवस्थामा फेला परेका थिए।

अग्नि सेवा विभागको विपद् उद्धार टोलीले घटनास्थल पुगी उद्धार गरेको थियो।

कामदारको घटनास्थलमै मृत्यु भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबर पाएलगत्तै श्रम विभागले पनि कर्मचारी तैनाथ गरेको र घटनाकोबारे अनुसन्धान गरिरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

हङकङमा यो वर्षको पहिलो ६ महिनाका विभिन्न घटनामा परी १४५ जना कामदारको मृत्यु भएको श्रम विभागको तथ्यांक छ।

साथै यस वर्ष २७ औद्योगिक दुर्घटना भएका र यसमा २८ जनाको ज्यान गएको तथ्यांकले देखाउँछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .