१४० वर्षयताकै तातो नयाँवर्षलाई स्वागत गर्दै हङकङ

१४० वर्षयताकै तातो नयाँवर्षलाई स्वागत गर्दै हङकङ

आइतबार भिक्टोरिया हार्बरमा देखिएको धुम्म मौसम (एससीएमपी)


नेपालखबर
पुस १५, २०८० आइतबार १६:९, हङकङ

हङकङमा यसपटकको नयाँवर्ष १४० वर्षयताकै तातो हुनेवाला छ।

अब्जर्भेटरीले आइतबार दिउँसोको तापक्रम २५.७ डिग्री सेल्सियस रेकर्ड गरेको छ, जुन १४० वर्षयताकै सबैभन्दा तातो नयाँ वर्षको पूर्वसन्ध्या बन्न पुगेको हो।

आइतबार दिउँसो ३ बजेको मापनमा उक्त तापक्रम रहेको हो। नयाँ वर्षको अघिल्लो दिन यति तापक्रम सन् १८८४ पछिको सबैभन्दा उच्च रहेको अब्जर्भेटरीले जनाएको छ।

यसअघि सन् १९७७ मा २४.९ डिग्री सेल्सियस रेकर्ड भएको थियो।

नयाँ वर्षको दिन भने मौसम बदली रहने पूर्वानुमानकर्ताको अनुमान छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .