नेपाल एयरलाइन्सले घटायो हङकङ–काठमाडौँ भाडा

नेपाल एयरलाइन्सले घटायो हङकङ–काठमाडौँ भाडा

नेपालखबर
पुस १६, २०८० सोमबार ८:५८, काठमाडौँ

नेपाल एयरलाइन्सले आजदेखि लागू हुनेगरी एक महिनाका लागि हवाई भाडामा भारी कटौती गरेको छ।

नेपाल एयरलाइन्सको महँगो टिकट दरका कारण हङकङका नेपालीहरुले विरोध गरिरहेका बेला यस्तो निर्णय आएको हो। 

एयरलाइन्सले एकतर्फी टिकटको २००६ हङकङ डलर र दुईतर्फीका लागि ३२०४ हङकङ डलर कायम गरेको छ।

यो ट्याक्ससहित जोडिएको शुल्क हो। यसअघि एकतर्फी टिकट दर सस्तोमा ४३६५ र दुईतर्फी दर ६१०० हङकङ डलर थियो।

हाल घटेको भाडादर स्थायी भने होइन। यो एक महिनाका निम्ति ल्याइएको अफर हो। 

नेपाल एयरलाइन्सको कन्ट्री म्यानेजर कार्यालयबाट ट्राभल एजेन्सीहरुलाई जारी गरिएको पत्रअनुसार यो निर्णय डिसेम्बर २९ तारखिका दिन गरिएको हो।

यो निर्णय जनवरी १ देखि ३१ तारिखसम्म मात्र लागू हुनेछ। यो फाइदा लिन उक्त अवधिभित्र यात्रा गर्नुपर्नेछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .