हङकङ : पौडी खेल्ने क्रममा एक नेपालीको मृत्यु

हङकङ : पौडी खेल्ने क्रममा एक नेपालीको मृत्यु

तस्बिर : सटरस्टक/एससीएमपी)


नेपालखबर
पुस १७, २०८० मंगलबार १:२८, हङकङ

सोमबार हङकङको सेक कु चाउ टापुमा पौडी खेल्ने क्रममा एक नेपालीको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

स्थानीय अखबार एससीएमपीमा लेखिएअनुसार उनी सेक कु चाउ उपचार तथा पुनर्स्थापना केन्द्रबाट अन्य व्यक्तिको साथमा पौडी खेल्न गएका थिए।

दिउँसो करिब साढे १२ बजेतिर गएका उनीहरूलाई पौडी खेल्ने व्यवस्था पुनर्स्थापना केन्द्रका कर्मचारीले गरेका थिए।

पौडी खेल्न सुरु गरेको करिब १० मिनेटमा सँगै खेलिरहेका साथीले उनलाई पानीमा तैरिरहेको देखेर पुनर्स्थापनाका कर्मचारीलाई खबर गरेका थिए।

पुनर्स्थापनाका कर्मचारीले तुरुन्तै प्रहरीलाई खबर गरेपछि घटनास्थलमा समुद्री प्रहरी (मरिन पोलिस) र सरकारी उडान सेवाको हेलिकोप्टर आएको थियो।

उनलाई उक्त हेलिकोप्टरबाट चाइवानमा रहेको पामेला युड नेदर्सोल इस्टर्न हस्पिटल लगिएको थियो, जहाँ दिउँसो २ बजे मृत घोषित गरियो।

प्रहरीले उनको मृत्यु डुबेर भएको हुनसक्ने र थप अनुसन्धान जारी रहेको बताएको छ।

समाचारमा मृत्यु हुने व्यक्तिको उपनाम गुरुङ रहेको र उनी ४६ वर्षका रहेको उल्लेख छ।

अधिकारीलाई उद्धृत गर्दै अखबारमा लेखिएअनुसार कतिपयले उनको मृत्यु शंकास्पद रहेको भन्दै अनुसन्धानको माग गरिरहेका छन्। घटनास्थलमा सीसीटीभी क्यामेरा जडान रहेको छ।

सेक कु चाउ हङकङको एक टापु हो। जुन लान्ताउ टापुको दक्षिण र चेङ चाउ र सोको टापुको बीचमा अवस्थित छ। यहाँ अनुमतिविना जोकोहीलाई प्रवेश निषेध छ।

सोसाइटी फर द एड एन्ड रिहाबिलिटेसन अफ ड्रग एब्जर्सद्वारा सञ्चालित सेक कु चाउ उपचार केन्द्रले लागूऔषध दुर्व्यसनीहरूलाई पुनर्स्थापना सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .