हङकङ : भविष्यमा आउने टाइफुनको नाम हुनेछ ‘मिल्क टी’!

हङकङ : भविष्यमा आउने टाइफुनको नाम हुनेछ ‘मिल्क टी’!

तस्बिर : द स्ट्यान्डर्ड


नेपालखबर
माघ ३, २०८० बुधबार १७:३०, हङकङ

‘मिल्क टी’ नेपालमा मात्र नभई हङकङको पनि लोकप्रिय पेय पदार्थमा पर्दछ।

के यो ‘लोकप्रिय’ पेय पदार्थको नामबाट भविष्यमा आउने टाइफुनको नामकरण हुन सक्ला?

सक्छ। हङकङ अब्जर्भेटरीको पछिल्लो गतिविधिले यस्तै देखाएको छ।

अब्जर्भेटरीले ‘ट्रोपिकल साइक्लोन नेम कलेक्सन एक्टिभिटी’ (चक्रवातसम्बन्धी नाम संकलन गतिविधि) कार्यक्रम अन्तर्गत बुधबार घोषणा गरेको विजेता सूचीमा ‘मिल्क टी’ पहिलो नम्बरमा परेको छ।

जनताबाट संकलन गरिएका सुझावहरूबाट कुल ४० नामको सर्टलिस्ट गरिएको थियो। जसमा २० वटा नामलाई रिजर्भ सूचीमा राख्नको लागि मतदान भयो।

उक्त मतदानको नतिजा अब्जर्भेटरीले सार्वजनिक गरेको हो।

जसमा ‘मिल्क टी’ले सर्वाधिक १५ हजार ७५० मत पाएर पहिलो नम्बरमा परेको छ।

त्यस्तै, १५ हजार १२७ मत पाएर ‘चिङ-मा’ दोस्रो नम्बरमा परेको छ। चिङ-मा हङकङको एउटा पुलको नाम हो। यो संसारकै लामो पुलमध्येमा पर्दछ भने यसको निर्माण सम्पन्न हुने समयमा यो संसारको दोस्रो लामो पुल थियो।

त्यसैगरी, १४ हजार ८१० मत ल्याएर ‘फो-लुङ’ तेस्रो नम्बरमा छ। मिड–अटम फेस्टिवलको परम्परागत कार्यक्रममा नाचिने ‘फायर ड्रागन’को चिनियाँ नाम हो यो।

यसका साथै मतदान मार्फत छानिएका अन्य नाममा ‘डिम–सम’, ‘सिउ–लुङ’, ‘नियोन’, ‘होइ–वाइ’, ‘पुइ–पुइ’, ‘जंक–बोट’ आदि छन्।

‘सिउ-लुङ’ मार्सल आर्ट सुपरस्टार ब्रुस लीको स्टेजको नाम हो।

‘नियोन’ले हङकङको रात्रि दृश्यको विशेषता बोक्दछ भने ‘होइ–वाइ’ ओसन पार्कमा मरेको ह्वेलको नाम हो।

त्यस्तै, ‘पुइ–पुइ’ वेटल्यान्ड पार्कको नुनिलो पानीमा बस्ने गोहीको नाम हो भने ‘जंक-बोट’ पुरातन यातायात हो, जसले ‘फिसिङ इन्डस्ट्री’को विकासको संकेत गर्दछ।

मतदानबाट छानिएका २० वटै चक्रवात (टाइफुन)का नाम अब्जर्भेटरीको वेबपेजमा राखिएको छ।

१४ सदस्य रहेको टाइफुन समितिले स्थानीय विशेषता झल्कने नामहरूको सूची तयार गर्ने जिम्मा पाएको थियो।

भविष्यमा आउने त्यस्तो टाइफुन जसले ठूलो मानवीय र आर्थिक क्षति गर्नेछ। समितिका सदस्यले उक्त टाइफुनको प्रतिस्थापित नाम विमर्शको लागि समितिमा प्रस्ताव गर्नेछन्।

‘ट्रोपिकल साइक्लोन नेम कलेक्सन एक्टिभिटी’ले आँधीबेहरीबाट हुने खतराबारे जनचेतना जगाउने क्रममा स्थानीय विशेषता झल्कने नामको आरक्षित सूची विस्तार गर्ने लक्ष्य राखेको स्थानीय सञ्चारमाध्यम द स्ट्यान्डर्डले उल्लेख गरेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .