यो वर्ष हङकङमा दुई हजार सीसीटीभी क्यामेरा जडान गरिने

यो वर्ष हङकङमा दुई हजार सीसीटीभी क्यामेरा जडान गरिने

हङकङमा यो वर्ष दुई हजार सीसीटीभी क्यामेरा जडान गरिने भएको छ (आरटीएचके)


नेपालखबर
माघ ४, २०८० बिहिबार १२:५४, हङकङ

हङकङका उपमुख्य सचिव (डेपुटी चिफ सेक्रेटरी) वार्नर चेकले पैदल यात्रुको चहलपहल बढी हुने तथा उच्च जोखिमस्तर भएका स्थान मूल्यांकन गरी यो वर्ष सहरभर दुई हजार क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) क्यामेरा जडान गर्ने सरकारको योजना रहेको बताएका छन्।

जसअन्तर्गत यस वर्षको मध्यसम्ममा ६ सय क्यामेरा जोडिने र बाँकी क्यामेरा वर्षको अन्त्यसम्ममा जोडिने उनको भनाइ छ।

हङकङको सार्वजनिक प्रसारण सेवा ‘आरटीएचके’को एक कार्यक्रममा उक्त कुरा बताएका चेकलाई सार्वजनिक स्थानमा सीसीटीभी क्यामेरा जडान गर्दा गोपनीयता भंग होला कि भनेर टिप्पणी गरिएकोमा उनले विश्वका धेरै सहरले यसप्रकारकाे सुरक्षा उपाय अवलम्बन गरेको र त्यसको तुलनामा हङकङमा धेरै कम सीसीटीभी क्यामेरा जडान भएको बताएका छन्।

‘सीसीटीभी क्यामेरा थप्दा यसले अपराध रोकथाम र अनुसन्धान दुवैमा महत्त्वपूर्ण सहयोग गर्दछ। यदि कसैले अपराध गर्न खोज्छ भने, के तिनीहरू यति धेरै क्यामेराको छानबिनबाट उम्कन सक्छन्?’ चेकले भनेका छन्।

सीसीटीभी क्यामेराले अधिकारीहरूलाई अपराध ट्र्याक गर्न मद्दत गर्ने उनी बताउँछन्।

यसैगरी, जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय शासन सञ्चालनलाई प्रभावकारी रूपमा सम्पन्न गर्न सहरका १८ वटै जिल्लाका जिल्ला परिषद् प्रतिनिधिलाई विशेष समितिमा सहभागी गराइने पनि उपमुख्य सचिव चेकले बताए।

यसो गर्दा जिल्ला परिषद् प्रतिनिधिहरू सरकार र तल्लो तहबीच सञ्चारको माध्यम बन्ने उनको धारणा छ।

विशेष प्रशासनिक क्षेत्र (एसएआर) सरकारका अधिकारीहरू हङकङका जनताको सेवामा समर्पित रहेको तथा नागरिक र सरकारको संयुक्त प्रयासमा प्रगति हासिल गर्न सकिने उनले बताए।

साथै, नागरिकबाट प्राप्त हुने रचनात्मक आलोचनालाई स्वीकार गरी आवश्यक सुधार गर्न सरकार सधैँ तत्पर हुने चेक बताँछन्। साथसाथै, आलोचकहरूलाई समग्र समाजलाई हानि पुग्ने अनावश्यक अलमलबाट जोगिँदै मुख्य मुद्दामा ध्यान दिन पनि उनले आग्रह गरेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .