हङकङ डलर दुई लाख ५० हजारसहित गाडी लुट्नेमध्ये एक जना पक्राउ

हङकङ डलर दुई लाख ५० हजारसहित गाडी लुट्नेमध्ये एक जना पक्राउ

बुधबार राति २ लाख ५० हजार हङकङ डलरसहित गाडी लुटिएको थियो (द स्ट्यान्डर्ड)


नेपालखबर
माघ ४, २०८० बिहिबार १६:३२, हङकङ

हङकङमा बुधबार राति हङकङ डलर दुई लाख ५० हजारसहित निजी कार लुट्ने दुई जनामध्ये एक पक्राउ परेको प्रहरीले जनाएको छ।

साथै लुटिएको कार पनि दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

बुधबार राति करिब ९ बजे वुतङमा दुई लाख ५० हजार हङकङ डलर नगदसहित गाडी लुटिएको थियो।

दुई जना लुटेराले चक्कु देखाएर धम्क्याउँदै लियङ उपनाम गरेका ३४ वर्षीय पुरुष र ली उपनामकी २५ वर्षीया महिला सवार निजी कार लुटेका थिए। कारभित्र माथि उल्लेखित नगद रहेको पीडितले प्रहरीलाई बताएका छन्।

गाडी लुटेपछि लुटेराहरू क्यास्टल पिक रोड हुँदै वुतङतर्फ भागेका थिए।

पीडित पुरुषले प्रहरीलाई खबर गर्नासाथ प्रहरी घटनास्थल पुगेको थियो। त्यसको केही समयपछि लुटिएको कार यिनकङ चुनमा क्षतिग्रति अवस्थामा भेटिएको थियो।

लुटेराहरूले गाडीको नियन्त्रण गुमाएपछि बिजुलीको पोलमा ठोकिएको प्रहरीले अनुमान गरेको छ।

लुटेराको खोजी गर्ने क्रममा प्रहरीले फानलिङ वाटरवर्क डिपो नजिकैबाट लाम उपनामका ३७ वर्षीय पुरुषलाई पक्राउ गरेको हो।

प्रहरीले लुटपाटमा संलग्न अर्काे व्यक्ति अन्दाजी २० देखि ३० वर्षको रहेको र उसको पनि खोजी कार्य जारी रहेको जनाएको स्थानीय सञ्चारमाध्यममले उल्लेख गरेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .