स्ट्यान्डर्ड चार्टर्ड हङकङ म्याराथनमा ७४ हजार बढी सहभागी

स्ट्यान्डर्ड चार्टर्ड हङकङ म्याराथनमा ७४ हजार बढी सहभागी

म्याराथनमा ७४ हजार बढी सहभागी थिए (द स्ट्यान्डर्ड)


नेपालखबर
माघ ७, २०८० आइतबार १२:४८, हङकङ

हङकङमा आज (२१ जनवरी) स्ट्यान्डर्ड चार्टर्ड हङकङ म्याराथन भएको छ।

फुल म्याराथन, हाफ म्याराथन तथा १० किलोमिटर दौडमा ७४ हजार जना भन्दा बढी सहभागी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

सहभागी संख्या कोभिड–१९ महामारी सुरु हुनुभन्दा अघिकै अवस्थामा पुगेको टिप्पणी गरिएको छ।

आइतबार बिहान पूर्ण र आधा म्याराथन चिमसा चोइबाट सुरु भएको थियो भने १० किलोमिटर दौड इस्टर्न करिडोरबाट सुरु भएको थियो। तीनै प्रकारका दौड भिक्टोरिया पार्क पुगेर टुंगिएका थिए।

बिहान ५ः४० बजे १० किलोमिटर दौड र हाफ म्याराथन  सुरु भएको थियो। दौडको उद्घाटन हङकङका प्रमुख कार्यकारी जोन लीले गरेका थिए। यस्तै, फुल म्याराथन बिहान ६ बजे सुरु भएको थियो।

हङकङ, चाइना एसोसिएसन अफ एथलेटिक्सलाई उद्धृत गर्दै समाचार लेखिएअनुसार म्याराथनमा ८४२ धावक घाइते भएका छन्।

म्याराथनका सहभागी (डिमसम डेली)

जसमध्ये २१ जनालाई अस्पताल भर्ना गर्नुपरेको थियो। १० किलोमिटर दौडका एक जना सहभागी भिक्टोरिया पार्कको अन्तिम रेखा (दौडको अन्तिम गन्तव्य) पुग्नै लाग्दा ढले।

मुटुको धड्कन केहीक्षण रोकिएका उनको दौड समितिले तत्काल उपलब्ध गराएको उपचारपछि स्वास्थ्यमा सुधार आएको थियो।

अन्य घाइते धावकहरूलाई पनि तुरुन्तै एम्बुलेन्समार्फत क्विनमेरी हस्पिटल, इस्टर्न डिस्ट्रिक हस्पिटल, क्विन एलिजाबेथ हस्पिटल लगायतका अस्पतालमा लगिएको थियो। यीमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतलाई उल्लेख गर्दै समाचारमा लेखिएको छ।

द एसियन म्याराथन च्याम्पियनसिपद्वारा प्रवर्धित कार्यक्रमको यो पाँचौँ संस्करण हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .