हङकङको चिमसा चोइमा चोरी, १.७ मिलियन डलर बराबरको सामान लुटियो

हङकङको चिमसा चोइमा चोरी, १.७ मिलियन डलर बराबरको सामान लुटियो

भिडिओको स्क्रिनसट (ह्यान्डआउट/एससीएमपी)


नेपालखबर
माघ ८, २०८० सोमबार १६:३३, हङकङ

हङकङको चिमसा चोइमा रहेको एक पसलबाट १.७ मिलियन हङकङ डलर बराबरका लक्जरी ब्याग चोरी भएका छन्।

सीसीटीभी भिडिओमा देखिएअनुसार चोरले १२ वटा ह्यान्डब्याग र १ सय हङकङ डलर लुटेको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

आइतबार राति साढे आठ बजे पेकिङ रोडमा रहेको मेट्रोपोल बिल्डिङको आठौँ तलाको पसलमा चोरी भएको हो। सिसाको ढोका तोडेर भित्र छिरेको लुटेरा चोरिएका सामान कालो ट्राभल ब्यागमा राखी बाहिर निस्किएको फुटेजमा देखिन्छ। उसलाई यति काम गर्न केही मिनेट मात्र लागेको थियो।

टोपी र मास्क लगाएको उक्त व्यक्तिको अनुहार चिनिँदैन।

चोरी गर्ने व्यक्ति सोमबार दिउँसोसम्म पक्राउ परेको छैन। निलो हुडी र गाढा ट्राउजर लगाएको अन्दाजी ५ फिट ६ इन्च अग्लो उक्त व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .